रास्वपाको पाँच बुँदे प्रस्तावमा प्रतिपक्षी एकमत, छानबिनका लागि कांग्रेस तयार नहुँदा संसद् अनिश्चित « Khabarhub

रास्वपाको पाँच बुँदे प्रस्तावमा प्रतिपक्षी एकमत, छानबिनका लागि कांग्रेस तयार नहुँदा संसद् अनिश्चित


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिजिट भिसा प्रकरणकारण संघीय संसद्मा देखिएको गतिरोधको गाँठो फुकाउने प्रयास बुधबार पनि फेल भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको पाँच बुँदे मागमा नेपाली कांग्रेस तयार नहुँदा जेठ पहिलो सातादेखि देखिएको गतिरोध अझै हट्न नसकेको हो ।

भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र त्यसबारे छानबिन समिति बनाउनु पर्नेसहित रास्वपाको ५ बुँदे मागमा प्रतिपक्षी दलहरूबीच बुधबार पनि छलफल भयो ।

त्यसपछि सत्तारुढ र प्रतिपक्षी दल छलफलका लागि बसेका थए । त्यहाँ पनि सहमति जुट्न सकेन । उता सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तारुढ र प्रतिपक्षी दलका प्रमुख सचेतकको बैठकले पनि निचोड निकाल्न सकेन ।

त्यहीकारण बुधबार १.३० बजे बस्ने भनिएको संसद् बैठकलाई सवा ३ बजेसम्मका लागि सारिएको छ । सभामुखसँग भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितले रास्वपाका ५ बुँदे प्रस्तावमा सहमति जनाएका थिए । माओवादीले गृहमन्त्री लेखकको राजीनामामा लचकता देखाए पनि छानबिनको अडानमा आफूलाई यथावत राखेको छ। उता नेपाली कांग्रेस छानबिन समिति बनाउने पक्षमा तयार भएको छैन ।

यसैबीच विपक्षी दलहरूको बैठकमा ५ बुँदे प्रस्तावमा साझा धारणा बनाइएको थियो । त्यही साझा धारणा प्रमुख सचेतकहरूले सभामुखकहाँ राखे ।

प्रमुख प्रतिपक्षीको बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, हितराज पाण्डेसहित रास्वपाका सन्तोष परियार, नेकपा एसका राजेन्द्र पाण्डे र आम जनता पार्टीका प्रभु साहलगायत सहभागी थिए ।

उक्त छलफलपछि साझा धारणासहित सत्तारूढ दलसँग ५ बुँदेको अडान राखिएको थियो । सभामुख घिमिरेकहाँ पनि प्रतिपक्षीले ५ बुँदेमा आफूहरूलाई उभ्याएका छन् । उता कांग्रेस छानबिनका लागि तयार नभए पनि भ्रष्टाचारविरुद्ध प्रतिबद्धताका लागि राजी भएको थियो । प्रतिपक्षीले लेखकमाथि छानबिन हुनै पर्ने साझा अडान राखेपछि दिउँसो सवा ३ लाई राखिएको बैठक पनि अनिश्चित भएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ४ : १६ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र