रास्वपाको पाँच बुँदे प्रस्तावमा प्रतिपक्षी एकमत, छानबिनका लागि कांग्रेस तयार नहुँदा संसद् अनिश्चित « Khabarhub

रास्वपाको पाँच बुँदे प्रस्तावमा प्रतिपक्षी एकमत, छानबिनका लागि कांग्रेस तयार नहुँदा संसद् अनिश्चित


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिजिट भिसा प्रकरणकारण संघीय संसद्मा देखिएको गतिरोधको गाँठो फुकाउने प्रयास बुधबार पनि फेल भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको पाँच बुँदे मागमा नेपाली कांग्रेस तयार नहुँदा जेठ पहिलो सातादेखि देखिएको गतिरोध अझै हट्न नसकेको हो ।

भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र त्यसबारे छानबिन समिति बनाउनु पर्नेसहित रास्वपाको ५ बुँदे मागमा प्रतिपक्षी दलहरूबीच बुधबार पनि छलफल भयो ।

त्यसपछि सत्तारुढ र प्रतिपक्षी दल छलफलका लागि बसेका थए । त्यहाँ पनि सहमति जुट्न सकेन । उता सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तारुढ र प्रतिपक्षी दलका प्रमुख सचेतकको बैठकले पनि निचोड निकाल्न सकेन ।

त्यहीकारण बुधबार १.३० बजे बस्ने भनिएको संसद् बैठकलाई सवा ३ बजेसम्मका लागि सारिएको छ । सभामुखसँग भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितले रास्वपाका ५ बुँदे प्रस्तावमा सहमति जनाएका थिए । माओवादीले गृहमन्त्री लेखकको राजीनामामा लचकता देखाए पनि छानबिनको अडानमा आफूलाई यथावत राखेको छ। उता नेपाली कांग्रेस छानबिन समिति बनाउने पक्षमा तयार भएको छैन ।

यसैबीच विपक्षी दलहरूको बैठकमा ५ बुँदे प्रस्तावमा साझा धारणा बनाइएको थियो । त्यही साझा धारणा प्रमुख सचेतकहरूले सभामुखकहाँ राखे ।

प्रमुख प्रतिपक्षीको बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, हितराज पाण्डेसहित रास्वपाका सन्तोष परियार, नेकपा एसका राजेन्द्र पाण्डे र आम जनता पार्टीका प्रभु साहलगायत सहभागी थिए ।

उक्त छलफलपछि साझा धारणासहित सत्तारूढ दलसँग ५ बुँदेको अडान राखिएको थियो । सभामुख घिमिरेकहाँ पनि प्रतिपक्षीले ५ बुँदेमा आफूहरूलाई उभ्याएका छन् । उता कांग्रेस छानबिनका लागि तयार नभए पनि भ्रष्टाचारविरुद्ध प्रतिबद्धताका लागि राजी भएको थियो । प्रतिपक्षीले लेखकमाथि छानबिन हुनै पर्ने साझा अडान राखेपछि दिउँसो सवा ३ लाई राखिएको बैठक पनि अनिश्चित भएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ४ : १६ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो