बाजुराका स्थानीय तहलाई संघीय सरकारको २ अर्ब ७० करोड अनुदान  | Khabarhub Khabarhub

बाजुराका स्थानीय तहलाई संघीय सरकारको २ अर्ब ७० करोड अनुदान 


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

धनगढी– आर्थिक वर्ष ०८२/८३ का लागि संघिय सरकार मार्फत बाजुराका स्थानीय तहलाई २ अर्ब ७० करोड ४३ लाख अनुदान प्राप्त भएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण रकमको विवरण अनुसार २ अर्ब ७० करोड ४३ लाख बजेट अनुदान पाएका हुन् ।

संघीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान बापत जाने विवरण सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ ।

बाजुरामा पाँच वटा गाउँपालिका र चार वटा नगरपालिका छन् । यो वर्षको अनुदान रकम गत वर्षकै हाराहारीमा आएको देखिन्छ । केही पालिकाको बजेटमा भने घटेको पाइएको छ । 

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकातर्फ सबैभन्दा बढी अनुदान बुढीगंगा नगरपालिकाले पाएको छ, भने गाउँपालिका तर्फ सबैभन्दा बढी खप्तड छेडेदह गाउँपालिकाले पाएको छ ।

बुढीगंगाले ३८ करोड ७७ लाख पाउँदा, खप्तड छेडेदह गाउँपालिकाले ३५ करोड ६७ लाख बजेट अनुदान पाएको हो । बुढीगंगा भन्दा खप्तड छेडेदह गाउँपालिकाले करिब ३ करोड बढी अनुदान पाएको छ । 

नगरपालिकातर्फ सबैभन्दा कम बडीमालिकाले ३० करोड ६९ लाख र गाउँपालिकातर्फ सबैभन्दा कम जगन्नाथले १९ करोड ७९ लाख पाएका छन् । त्रिवेणी नगरपालिकाले ३४ करोड २३ लाख, बुढीनन्दा नगरपालिकाले ३२ करोड ७५ लाख अनुदान पाएका छन् । 

स्वामीकार्तिक खापर गाउँपालिकाले २७ करोड ४३ लाख, गौमुल गाउँपालिकाले २६ करोड ५० लाख र हिमाली गाउँपालिकाले २४ करोड ६० हजार अनुदान पाएको छ । यो अनुदान रकमका आधारमा आफ्नो स्रोत समेत जोडेर प्रदेश तथा स्थानीय तहले बजेट सार्वजनिक गर्ने गरेका छन् ।

अर्थ मन्त्रालयले यहीँ जेठ १९ गते सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार आगामी आर्थिक वर्षका लागि ४ शीर्षकमा गरी सो रकम स्थानीय तहमा पठाउने भएको हो ।

सरकारले हरेक वर्ष प्रदेश र स्थानीय तहका लागि समानीकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान दिदैं आएको छ । स्थानीय तहले आफ्नो आन्तरिक श्रोत, प्रदेशबाट प्राप्त अनुदान र गैर सरकारी संस्थाको लगानीलाई भने यसमा जोडिएको छैन ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ४ : ३२ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा

वर्षायाममा हुने छालाको सङ्क्रमण र बच्ने उपाय

काठमाडौं – अहिले हामी वर्षायामको मध्य समयमा छौं । देशका

रचना, गायन र सङ्गीतका त्रिवेणी– भीम बीसी (भिडियो)

काठमाडौं– भीम बीसी नेपाली सङ्गीत क्षेत्रका अब्बल प्रतिभा हुन् ।

उत्तरी सुडानमा खान नपाएर चरा चराचुरुङ्गी आहार, शिविरमा फैलियो कोलेरा

सुडान – उत्तरी सुडानको डार्फर क्षेत्रमा खानाको अभावमा मानिसले चरा