प्रतिनिधि सभामा विपक्षीको अवरोध, गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी « Khabarhub

प्रतिनिधि सभामा विपक्षीको अवरोध, गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि सुचारू हुन सकिरहेको छैन । प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार बैठक सुरु भए पनि अगाडि बढ्न सकेको छैन ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक सहमति जुटाउने प्रयास स्वरुप सवा ३ बजेका लागि सारिएको थियो । तर, बैठक झण्डै आधा घण्टापछि सुरु भएको थियो ।

प्रतिपक्षी दलहरूले बैठक सुरु हुनेबित्तिकै उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अवरुद्ध हुँदै आएको संसद् सुचारुका लागि वातावरण निर्माण गरिदिन आग्रह गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने बताए पनि विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । उनीहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने, भिजिट भिसामा मुछिएकालाई कारबाही हुनुपर्नेसहितका मागसहित नाराबाजी गरेका हुन् ।

सभामुखले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल पनि रोकिएका बसेर पालैपालो बोल्न आग्रह गरेका छन् । सभामुखले बसेर वातावरण बनाउन आग्रह गरे पनि विपक्षी दलका सांसदहरूले गृहमन्त्री लेखकमाथि कारबाही र राजीनामाको अडान नछाडेका हुन् ।

सभामुखसँग बैठकअघि बुधबार भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितले रास्वपाका ५ बुँदे प्रस्तावमा सहमति जनाएका थिए ।

माओवादीले गृहमन्त्री लेखकको राजीनामामा लचकता देखाए पनि छानबिनको अडानमा आफूलाई यथावत राखेको छ। उता नेपाली कांग्रेस छानबिन समिति बनाउने पक्षमा तयार भएको छैन ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ३ : ५१ बजे

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन