प्रतिनिधि सभामा विपक्षीको अवरोध, गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी « Khabarhub

प्रतिनिधि सभामा विपक्षीको अवरोध, गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि सुचारू हुन सकिरहेको छैन । प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार बैठक सुरु भए पनि अगाडि बढ्न सकेको छैन ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक सहमति जुटाउने प्रयास स्वरुप सवा ३ बजेका लागि सारिएको थियो । तर, बैठक झण्डै आधा घण्टापछि सुरु भएको थियो ।

प्रतिपक्षी दलहरूले बैठक सुरु हुनेबित्तिकै उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अवरुद्ध हुँदै आएको संसद् सुचारुका लागि वातावरण निर्माण गरिदिन आग्रह गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने बताए पनि विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । उनीहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने, भिजिट भिसामा मुछिएकालाई कारबाही हुनुपर्नेसहितका मागसहित नाराबाजी गरेका हुन् ।

सभामुखले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल पनि रोकिएका बसेर पालैपालो बोल्न आग्रह गरेका छन् । सभामुखले बसेर वातावरण बनाउन आग्रह गरे पनि विपक्षी दलका सांसदहरूले गृहमन्त्री लेखकमाथि कारबाही र राजीनामाको अडान नछाडेका हुन् ।

सभामुखसँग बैठकअघि बुधबार भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितले रास्वपाका ५ बुँदे प्रस्तावमा सहमति जनाएका थिए ।

माओवादीले गृहमन्त्री लेखकको राजीनामामा लचकता देखाए पनि छानबिनको अडानमा आफूलाई यथावत राखेको छ। उता नेपाली कांग्रेस छानबिन समिति बनाउने पक्षमा तयार भएको छैन ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ३ : ५१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ