एकहजार क्यु फिट काठ निकुञ्जको नियन्त्रणमा « Khabarhub

एकहजार क्यु फिट काठ निकुञ्जको नियन्त्रणमा


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font


खाँदबारी– यहाँको मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवैध रूपमा कटान गरिएको करिब एक हजार क्यु फिट सल्लाको काठ निकुञ्जले नियन्त्रणमा लिएको छ ।

निकुञ्जका अनुसार भोटखोला–२, शङ्खभीर क्षेत्रमा १५० क्यु फिट अनुमति लिएर एक हजार क्यु फिट बढी काठ कटान गरिएको फेला परेको हो । सो काठ नियन्त्रणमा लिइएको मकालु बरुण राष्ट्रिय निकुञ्जका प्रमुख अर्जुन भुसालले जानकारी दिए ।

भुसालका अनुसार स्थानीय नार्चे भोटेले तोकिएको मात्राभन्दा धेरै काठ कटान गरेका थिए । भोटेका विरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिएको निकुञ्जले जनाएको छ । जंगलमा फेला परेको सम्पूर्ण काठमा संकेत गरिएको छ । उक्त काठको सुरक्षाको जिम्मा दम्दाङ्मा सामुदायिक वनलाई दिइएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ४ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै