एमाले र ओलीमाथि अनावश्यक घेराबन्दी भयो, प्रतिवाद गर्नुपर्छ : भट्ट  « Khabarhub

एमाले र ओलीमाथि अनावश्यक घेराबन्दी भयो, प्रतिवाद गर्नुपर्छ : भट्ट 


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी नेतृत्वमाथि घेराबन्दी बढिरहेको भन्दै आन्तरिक एकतामा जोड दिएका छन् । 

नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सचिव भट्टले पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको भन्दै आन्तरिक एकतामा जोड दिएका हुन् ।

उनले पार्टी भित्रको एकता कायम भए सुदूरपश्चिम प्रदेशका सबै १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित सम्भव हुने बताएका छन् ।

एकता नहुँदा हाल प्राप्त दुई सिट समेत गुमाएर पार्टी शून्य सिटमा झर्न सक्ने चेतावनी पनि उनले दिएका छन् । व्यक्ति हाबी हुने चरित्र देखिनु दुखद् विषय भन्दै उनले समयमै सचेत र जिम्मेवार रहन नेता कार्यकर्तासँग आग्रह गरे । 

यस्तो अवस्थामा जनवर्गीय सङ्गठनहरू सक्रिय भएर अग्रपंक्तिमा उभिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उनले भने, ‘पार्टी सङ्कटमा पर्दा हामी सबै अग्रपंक्तिमा उभिनुपर्छ । एमाले अहिले पनि बलियो बन्दै गएको छ, त्यसैले पार्टीमाथि घेराबन्दी भइरहेको हो । पार्टीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीमाथि समेत आन्तरिक र बाह्य रूपमा दबाब बढेको छ ।, त्यसको प्रतिकार गर्न हामी सबै एकजुट हुनुपर्छ ।’

सचिव भट्टले पार्टी अध्यक्षको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको उल्लेख गर्दै भने, ‘उहाँ देश निर्माणमा समर्पित हुनुहुन्छ । दिनको २० घण्टा काम गर्नुहुन्छ । यस्तो नेतृत्वबाट खेलाडीहरूले पनि प्रेरणा लिनुपर्छ ।’ 

भट्टले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई आत्मनिर्भर भएर अघि बढाउनु पर्ने भन्दै उनले सबैलाई पार्टीभित्र अनुशासन र एकताको भावना आत्मसात् गर्न आह्वान गरेका छन् । उनले एमाले नै जनताको पार्टी हो, विकासको अगुवाइ एमालेले नै गर्छ भन्ने कुराको प्रमाणित वर्तमान सरकारबाटै भइसकेको बताए ।

मुलुकलाई देशी विदेशी शक्तिको क्रिडास्थल बनाउन खोजिएको छ । हरेक नामका आन्दोलन र अराजनीतिक गतिविधि भइरहेका छन्, यी सबै रोकिनु पर्छ रोक्नका लागि एमालेको सिंगो पंक्ति तयार रहनु पर्छ, भट्टले भने । उनले एमाले सिंगो पंक्ति पार्टीको पक्षमा उभिन र एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।  

नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहालले पार्टीमा सङ्कट उत्पन्न भएका बेला महासङ्घको भूमिका महत्त्वपूर्ण हुने बताउँदै आगामी निर्वाचनमा एमालेलाई सशक्त बनाउन महासङ्घले सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गरे। उनले दोस्रो अधिवेशनले योग्य र सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे ।

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा खेलकुद र खेलाडीहरूको ठुलो सम्भावना रहेको बताए । 

उनले समृद्धिका लागि खेलकुदलाई आर्थिक र सामाजिक विकाससँग जोड्नुपर्ने धारणा राखे । विशेषगरी क्रिकेट खेलमा यहाँ ठुलो सम्भावना रहेको भन्दै उनले स्तरीय क्रिकेट मैदान निर्माणको आवश्यकता औँल्याए ।

एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले एमालेले पछिल्लो समय खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको जनाउँदै सुदूरपश्चिम प्रदेशको खेलकुद नीति निर्माणमा सरकार र सम्बन्धित निकायहरू गम्भीर हुनुपर्ने बताए। उनले सुदूरपश्चिममा खेलकुदको पूर्वाधार र नीतिगत सुधारमा राज्यको ध्यान केन्द्रित गरिनु आवश्यक रहेको बताए ।

खेलकुद महासङ्घका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज विष्णु चन्दले सुदूरपश्चिमको खेलकुद विकासका लागि महासङ्घ निरन्तर लागिरहेको बताएका थिए । कार्यक्रममा विभिन्न खेलकुदसँग सम्बन्धित व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । 

समापन मन्तव्य दिँदै महासंघ अध्यक्ष प्रकाश चन्दले सुदूरपश्चिमको खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिमा महासंघ निरन्तर क्रियाशील रहेको बताए । उनले नयाँ नेतृत्वले पनि यस अभियानलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ४ : २२ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले