ढल निर्माणको ठेक्कामा भ्रष्टाचार : काठमाडौंका तत्कालीन प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध मुद्दा « Khabarhub

ढल निर्माणको ठेक्कामा भ्रष्टाचार : काठमाडौंका तत्कालीन प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध मुद्दा


२८ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यो प्रकरणमा काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरू निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र खरिद इकाईका सहायक निर्देशक उत्तम दाहाल संलग्न रहेको अख्तियारले जनाएको छ।

आयोगका अनुसार ढल निर्माण ठेक्कामा मूल्याङ्कन प्रक्रियामा बदनियतपूर्वक हस्तक्षेप गरिएको, झुठा विवरण पेश गरी निर्माण व्यवसायी समानान्तर सेवा प्रालिलाई ठेक्का नदिन नियोजित ढंगले अपव्याख्या गरिएको पाइएको छ।

यसबाहेक ठेक्का सन्दर्भमा यसअघि दायर भएको भ्रष्टाचार मुद्दासँग पनि प्रतिवादीहरूको भूमिका रहेको देखिएको उल्लेख छ। यो मुद्दामा परियारसहित सातैजनाविरुद्ध जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसा बिगो कायम गरिएको छ।

ढल निर्माणको यस ठेक्का प्रक्रिया सम्बन्धमा पनि सोही बदनियत र रिसइवीको आधारमा गलत मूल्याङ्कन प्रतिवेदन तयार पारेर त्यसैका आधारमा सरकारी सम्पत्तिमा हानि नोक्सानी गराइएको आयोगको ठहर छ।

अख्तियारले सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा हानी नोक्सानी गरेको भन्दै सबै प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारबाहीको मागसहित मुद्दा दायर गरेको हो।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ४ : ३४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४