बीबीसीले सिद्धू मुसेवालाको ‘डकुमेन्ट्री’ सार्वजनिक गरेपछि ‘पिता’को आक्रोश « Khabarhub

बीबीसीले सिद्धू मुसेवालाको ‘डकुमेन्ट्री’ सार्वजनिक गरेपछि ‘पिता’को आक्रोश


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पञ्जाबी गायक सिद्धु मुसेवालाको जीवन र हत्यामा आधारित डकुमेन्ट्री ‘द किलिङ कल’ बीबीसी युट्युबमा सार्वजनिक भएको छ ।

बीबीसीको आधिकारिक युट्युटब च्यानल ‘बीबीसी वर्ल्ड सर्भिस’ले सिद्धुको जन्म दिन पारेर बुधबार डकुमेन्ट्री सार्वजनिक गरेको हो । बीबीसीले डकुमेन्ट्रीलाई दुई भागमा तयार पारेको छ ।

डकुमेन्ट्री सार्वजनिक भएपछि सिद्धुका पिता बलकौर सिंहले असन्तुष्टि जनाएका छन् । परिवारको अनुमति बिना डकुमेन्ट्री सार्वजनिक भएको भन्दै उनी कानुनी प्रक्रियामा गएका छन् ।

भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार बलकौरले महाराष्ट्र प्रहरीले र सम्बन्धित निकायमा डकुमेन्ट्री प्रदर्शन रोक्न माग गर्दै उजुरी दर्ता गरेका छन् ।

बीबीसीले ‘अनधिकृत र संवेदनशील विषयको दुरुपयोग’ र ‘पारिवारिक गोपनीयता तथा मृतकको सम्मान विपरीत’ काम गरेको बलकौरको आरोप छ ।

परिवारसँग डकुमेन्ट्री निर्माण र प्रदर्शनको अनुमति नलिएको बलकौरको दाबी रहेको समाचार टाइम्स अफ इन्डियाले प्रकाशन गरेको छ ।

बलकौरले प्रदर्शन रोक्न माग गर्दै पञ्जाबस्थित जिल्ला अदालत मंसामा मुद्दा दर्ता गराएका छन् । जुन १२ अर्थात बिहीबार यस मुद्दाको सुनुवाइ तोकिएको छ ।

यस डकुमेन्ट्रीमा उनको हत्यामा संलग्न गोल्डी ब्रारको पनि अनर्वार्ता समावेश गरिएको बताइएको छ । उक्त अन्तर्वार्तालाई यो डकुमेन्ट्रीको रोचक खुराकको रुपमा चर्चा गरिएको छ ।

सिद्धु हत्या सन् २०२० मा भएको थियो । यस हत्याको जिम्मेवारी भारतको कुख्यात अपधारिक ग्याङ ’बिस्नोइ’ले लिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : ०७ बजे

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

काठमाडौं- भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौं- गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको