पनौतीमा मनाइयो ज्याःपुन्ही जात्रा (तस्बिरहरू) | Khabarhub Khabarhub

पनौतीमा मनाइयो ज्याःपुन्ही जात्रा (तस्बिरहरू)


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा १४२१ वर्षदेखि मनाइँदै आइएको पनौती जात्रा (ज्या:पुन्ही) हिले–जात्रा सम्पन्न भएको छ ।

परम्पराअनुसार गत सोमबार २६ गते साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रूपमा दुई वटा बाँस तेर्स्याइने र देवगण (दुइचा न्याकेगू) हरू सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ । सोही राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैंडु पूजा (होम गर्ने) गर्ने प्रचलन रहेको छ ।

जात्रा मनाउने क्रममा चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामसहित पूजा अर्चना गरिन्छ । साथै, इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबीर जात्रा गरी नगर परिक्रमा गराइनुका साथै साँझै भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिन्छ । 

त्यसैगरी जात्राको तेस्रो अर्थात् आज पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथको भागदौड गराउने र रथ भेटिँदा रथलाई एकापसमा जुधाउने काम हुन्छ । जात्राको विधिअनुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रूप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् ।

महादेव भने त्रिवेणीमा हामफली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रूपमा अबीर जात्रा गरी रथ जुधाइने गरिन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । 

धार्मिक आधारमा रथ जुधाउने परम्परालाई यौनिकता प्रस्तुतिका रूपमा लिइने गरिन्छ । यस जात्रा विशेषतः काम–क्रीडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहे पनि आजभोलि दिनको समयमै समापन गर्ने गरिन्छ । 

जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिएको स्थानीय बताउँछन् । 

जात्रा सकिएको दिन र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुने मान्यता छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठुलो जात्राका रूपमा लिने गरिन्छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : १३ बजे

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे छलफल

काठमाडौं – टोखा–छहरे खोला सुरुङमार्ग निर्माण, नागढुङ्गा सुरुङमार्ग सञ्चालन र

पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने

पोर्चुगल – युरोपेली मुलुक पोर्चुगलमा सर्वाधिक धनराशिको ‘दोस्रो बुढासुब्बा कप’

पर्साको शिकारीबासमा रुख चढेर फोन गर्नुपर्ने बाध्यता

पर्सा – विकट गाउँका रुपमा परिचत ठोरी गाउँपालिका–३ शिकारीबासका करिब

एलिना चौहान भन्छिन् : गालीगलौज गर्नेहरू माफी माग्दै छन्

काठमाडौं – “पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन

५ प्रधानन्यायाधीशको काम : पहाड पल्टाउँदा मुसो !

काठमाडौं– एउटा मुद्दाको फैसला सुनाउन करिब ४ वर्षसम्म ५ जना