पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी तत्काल खारेज गरियोस् : उपाध्यक्ष श्रेष्ठ | Khabarhub Khabarhub

पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी तत्काल खारेज गरियोस् : उपाध्यक्ष श्रेष्ठ


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकविरुद्ध अदालतले जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पक्राउ पुर्जी तत्काल फिर्ता लिन माग गरेका हुन् । 

‘एउटा समाचार प्रसारण गरेको आधारमा प्रतिष्ठित पत्रकार दिलभूषण पाठकलाई पक्राउ पूर्जी जारी गर्नु हदै निरंकुश, असहिष्णु, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य-मान्यता विरोधी निन्दनीय कार्य हो,’ श्रेष्ठले भनेका छन्, ‘यसको म तीव्र भर्त्सना गर्दछु र यो पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गर्दछु ।’ 

सञ्चार माध्यममा कतिपय समय अत्यन्त निराधार, गलत र गैरजिम्मेवार समाचार प्रसारण हुने गरेको भन्दै उनले त्यस्तो पत्रकारितालाई सच्याउनु जरुरी रहेको पनि बताएका छन् ।

 ‘त्यस्ता  पत्रकारलाई जिम्मेवार बनाउनु पनि पर्छ । तर सम्बन्धित समाचार गलत हो र त्यसको प्रतिवाद गर्ने हो भने पनि खण्डन, अदालत वा प्रेस काउन्सिलको बाटो छाडेर पकाउ पुर्जी जारी गर्ने बाटोलाई भने किमार्थ सही ठहर्‍याउन सकिँदैन । यस्ता कार्य बन्द गरियोस्,’ श्रेष्ठले लेखेका छन् ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : १३ बजे

वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा नेपाल १० विकेटले पराजित

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपाल १० विकेटले

कर्णालीका केही जिल्लामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध

काँक्रेविहार- कर्णाली प्रदेशका केही जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ

ऐतिहासिक रजत विजेता सुनमाया स्वदेश फिर्ता

काठमाडौं- ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्किएकी छिन्

हुँदैन मासुजन्य पशुपन्छीको परीक्षण

ढोरपाटन- बागलुङमा हरेक वर्ष चाडपर्वका अवसरमा ठूलो परिमाणमा मासुका लागि

नेपालले वेस्ट इन्डिजलाई दियो १ सय २३ रनको लक्ष्य

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत तेस्रो