संवैधानिक निकायका ५२ पदाधिकारीबारे निर्णय असार १८ मा सुनाइने « Khabarhub

संवैधानिक निकायका ५२ पदाधिकारीबारे निर्णय असार १८ मा सुनाइने


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले संवैधानिक आयोगमा नियुक्ति पाएका ५२ जना पदाधिकारीबारे सुनाउने तयारी गरेको निर्णय सरेको छ ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र चार जना न्यायाधीशबीचको छलफल नसकिएको भन्दै निर्णय नसुनाइएको हो । सर्वोच्चले अब आगामी असार १८ गते निर्णय सुनाउने बताइएको छ । 

यसअघि बुधबार नै अन्तिम निर्णय सुनाउने भन्दै प्रधान न्यायाधीश राउत, न्यायाधीशहरू कुमार चुडाल, नहकुल सुवेदी, सपना प्रधान मल्ल र मनोजकुमार शर्मा छलफलमा जुटेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक सरकारको नेतृत्व गरिरहँदा २०७७ मंसिर ३० को संवैधानिक परिषद् बैठकमार्फत् विभिन्न संवैधानिक आयोगहरूमा रिक्त रहेका पदहरूमा पदाधिकारी नियुक्तिका लागि सिफारिश गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीले अध्यादेशबाट संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेर संवैधानिक परिषद्बाट भएको सिफारिसअनुसार शीतल निवासले पहिलो चरणमा ३२ जना र दोस्रो चरणमा २० गरी ५२ जनालाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : २१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ