नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त | Khabarhub Khabarhub

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन् । 

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको मन्त्रीस्तरिय निर्णय बमोजिम च.नं. संस्थान/३१७८ को नियुक्ति पत्रबाट मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी तोकिएको हो । 

यसअघि उनी कम्पनीको नायव प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्। भने आजदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बि.ई. गरेकी छन् ।

पदभार ग्रहण गर्दै मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
                            

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ६ : ५१ बजे

यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा

काठमाडौं – गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर

आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको