अर्थसंक्षेप : सुन-हिराको विलासिता कर र भ्याट खारेज गर्न माग, संगीतालाई भ्रष्टाचार मुद्दापछि टेलिकममा सबिना मास्के र १३ अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : सुन-हिराको विलासिता कर र भ्याट खारेज गर्न माग, संगीतालाई भ्रष्टाचार मुद्दापछि टेलिकममा सबिना मास्के र १३ अंकले घट्यो नेप्से


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन् ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको मन्त्रीस्तरिय निर्णय बमोजिम च.नं. संस्थान/३१७८ को नियुक्ति पत्रबाट मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी तोकिएको हो ।

यसअघि उनी कम्पनीको नायव प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्। भने आजदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।

कुमारी बैंक र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिबीच सम्झौता

सुन र हिरा-जवाहरतको विलासिता कर र भ्याट खारेज गर्न माग

सुनचाँदी व्यवसायीले अर्थमन्त्री विष्णु पौडेलसँग सुनमा लगाइएको विलासिता कर र हिरा-जवाहरत पत्थरमा लगाइएको भ्याट खारेज गर्न माग गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिका संयोजक विपिन रामुदामको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री पौडेलसँग विलासिता कर र भ्याट खारेज गरिदिन आग्रह गरेको हो ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष ०८२-०८३ को बजेट भाषणमा सुनमा दुई प्रतिशत विलासिता कर र हिरा-जवाहरत पत्थरमा १३ प्रतिशत भ्याट लगाइएको घोषणा गरेका थिए ।

अन्तर मन्त्रालय समीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

१३ अंकले घट्यो नेप्से, कारोबार कति ?

बाजुराका स्थानीय तहलाई संघीय सरकारको २ अर्ब ७० करोड अनुदान

आर्थिक वर्ष ०८२/८३ का लागि संघिय सरकार मार्फत बाजुराका स्थानीय तहलाई २ अर्ब ७० करोड ४३ लाख अनुदान प्राप्त भएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण रकमको विवरण अनुसार २ अर्ब ७० करोड ४३ लाख बजेट अनुदान पाएका हुन् ।

संघीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान बापत जाने विवरण सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ ।

बाजुरामा पाँच वटा गाउँपालिका र चार वटा नगरपालिका छन् । यो वर्षको अनुदान रकम गत वर्षकै हाराहारीमा आएको देखिन्छ । केही पालिकाको बजेटमा भने घटेको पाइएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकातर्फ सबैभन्दा बढी अनुदान बुढीगंगा नगरपालिकाले पाएको छ, भने गाउँपालिका तर्फ सबैभन्दा बढी खप्तड छेडेदह गाउँपालिकाले पाएको छ ।

सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

चक्रपथ स्तरोन्नतिपछि चिटिक्क बेनीबजार

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ७ : ०१ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक