अर्थसंक्षेप : सुन-हिराको विलासिता कर र भ्याट खारेज गर्न माग, संगीतालाई भ्रष्टाचार मुद्दापछि टेलिकममा सबिना मास्के र १३ अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : सुन-हिराको विलासिता कर र भ्याट खारेज गर्न माग, संगीतालाई भ्रष्टाचार मुद्दापछि टेलिकममा सबिना मास्के र १३ अंकले घट्यो नेप्से


२८ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन् ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको मन्त्रीस्तरिय निर्णय बमोजिम च.नं. संस्थान/३१७८ को नियुक्ति पत्रबाट मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी तोकिएको हो ।

यसअघि उनी कम्पनीको नायव प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्। भने आजदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।

कुमारी बैंक र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिबीच सम्झौता

सुन र हिरा-जवाहरतको विलासिता कर र भ्याट खारेज गर्न माग

सुनचाँदी व्यवसायीले अर्थमन्त्री विष्णु पौडेलसँग सुनमा लगाइएको विलासिता कर र हिरा-जवाहरत पत्थरमा लगाइएको भ्याट खारेज गर्न माग गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिका संयोजक विपिन रामुदामको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री पौडेलसँग विलासिता कर र भ्याट खारेज गरिदिन आग्रह गरेको हो ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष ०८२-०८३ को बजेट भाषणमा सुनमा दुई प्रतिशत विलासिता कर र हिरा-जवाहरत पत्थरमा १३ प्रतिशत भ्याट लगाइएको घोषणा गरेका थिए ।

अन्तर मन्त्रालय समीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

१३ अंकले घट्यो नेप्से, कारोबार कति ?

बाजुराका स्थानीय तहलाई संघीय सरकारको २ अर्ब ७० करोड अनुदान

आर्थिक वर्ष ०८२/८३ का लागि संघिय सरकार मार्फत बाजुराका स्थानीय तहलाई २ अर्ब ७० करोड ४३ लाख अनुदान प्राप्त भएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण रकमको विवरण अनुसार २ अर्ब ७० करोड ४३ लाख बजेट अनुदान पाएका हुन् ।

संघीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान बापत जाने विवरण सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ ।

बाजुरामा पाँच वटा गाउँपालिका र चार वटा नगरपालिका छन् । यो वर्षको अनुदान रकम गत वर्षकै हाराहारीमा आएको देखिन्छ । केही पालिकाको बजेटमा भने घटेको पाइएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकातर्फ सबैभन्दा बढी अनुदान बुढीगंगा नगरपालिकाले पाएको छ, भने गाउँपालिका तर्फ सबैभन्दा बढी खप्तड छेडेदह गाउँपालिकाले पाएको छ ।

सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

चक्रपथ स्तरोन्नतिपछि चिटिक्क बेनीबजार

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ७ : ०१ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर