आज २०८२ साल असार २७ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल असार २७ गते शुक्रबारको राशिफल


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार २७ गते शुक्रबार। साउन कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ जुलाई ११ तारिख। विश्व जनसंख्या दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। सहयोगी साथीको जमघट हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्ने छ। प्रतिभाको प्रदर्शन गर्ने दिन छ। सिर्जनात्मक क्षेत्रमा जाँगर चल्नेछ। परिवारका सदस्यले विरोध गरे पनि समाजले तपाईंको प्रशंसा गर्नेछ।

मिथुन : दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। आफन्त टाढा हुने भएकाले सचेत बन्नुपर्ने छ। गोप्य कुरा मनमै राख्नु उचित हुन्छ।

कर्कट : जमिन सम्बन्धी कारोबारमा घाटा हुनेछ। आफन्तले विरोध गरेको सुन्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा भने तपाईंको पहुँच विस्तार हुनेछ। संगठन विस्तार हुनेछ। परिवारसँग गोपनीयता भंग नगर्नु उचित हुन्छ।

सिंह : दिन राम्रो छ। आम्दानी बढ्नेछ। परिवारको बोझले भने सताउने जोखिम छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। पिपलको दर्शन मात्र गरेमा पनि दिन सहज बन्ने छ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लागनी गरेको भए फाइदा हुनेछ। विपक्षी साथी शान्त भएकाले काम सहजै बन्ने छ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन सामान्य छ। श्रमको मूल्य प्राप्त नहुने जोखिम छ। तपाईंको अगाडि मिठो कुरा गरेर आक्रमण गर्ने साथीसँग सचेत बन्नुपर्ने देखिन्छ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले भाग्यको उदय हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा रमाइलो घुमघामको यात्रा तय हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

धनु : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। मन आशान्त बन्ने छ। संकटमा परिवारको साथ मिल्नेछ।

मकर : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। मिहिनेतको फल प्राप्त हुँदा मन खुशी हुनेछ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्ने योग छ। राजनीतिक क्षेत्रमा भने ठगले सताउने भएकाले सचेत बन्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। यात्रामा अनावश्यक खर्च हुनेछ। साथीले विरोध गर्ने जोखिम छ। स्वास्थ्यले साथ नदिँदा मन अशान्त बन्ने छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्त मिल्नेछ। परिवारको सल्लाहमा काम गर्नु राम्रो हुन्छ।

मीन : दिन सामान्य राम्रो छ। सानो कुराले मन भारी हुनेछ। आम्दानीका दृष्टिले चन्द्रमाको साथले फाइदा हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। विपक्षीसँग थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : ०१ बजे

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्मा भारी वृद्धि भएको छ

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का