शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७२ पैसा र बिक्रीदर १३७ रुपियाँ ३२ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ २२ पैसा र बिक्रीदर १६० रुपियाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ७५ पैसा र बिक्रीदर १८६ रुपियाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ९६ पैसा र बिक्रीदर १७२ रुपियाँ ७२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ७१ पैसा र बिक्रीदर ९० रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९८ पैसा र बिक्रीदर १०० रुपियाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ८६ पैसा र बिक्रीदर १०७ रुपियाँ ३३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०६ पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २० पैसा र बिक्रीदर चार रुपियाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १९ पैसा र बिक्रीदर ३२ रुपियाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३८ पैसा र बिक्रीदर १४ रुपियाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४७ पैसा र बिक्रीदर २१ रुपियाँ ५७ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ५० पैसा र बिक्रीदर ४४९ रुपियाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ६६ पैसा र बिक्रीदर ३६४ रुपियाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ १४ पैसा र बिक्रीदर ३५६ रुपियाँ ७० पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : ४३ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई