गाजामा इजरायली आक्रमण : खाने कुराको लाइनमा बसेका १५ जनाको मृत्यु | Khabarhub Khabarhub

गाजामा इजरायली आक्रमण : खाने कुराको लाइनमा बसेका १५ जनाको मृत्यु


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजाको अस्पताल अगाडि पोषणयुक्त खानेकुराका लागि लाइनमा बसिरहेका १५ प्यालेस्टाइनीको इजरायली आक्रमणबाट मृत्यु भएको छ।

यसरी मारिने मध्य आठ बच्चा तथा दुई महिला समेत छन्। डेयर अल बलाहामा रहेको अल अक्सा सहिद अस्पतालले सार्वजनिक गरेको भिडियोमा बच्चा ढलेको प्रस्ट देख्न सकिन्छ।

त्यहाँ सहयोग गरिरहेको अमेरिकाको परियोजना ‘प्रोजेक्ट होप’ ले यो आक्रमण अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप रहेको जनाएको छ।

इजरायली सेनाले हमासको सैन्य शक्तिमा लक्षित आक्रमण भए पनि सर्वसाधारणको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ।

हमास र इजरायल युद्ध विरामका लागि वार्ता गरिरहेको भए पनि बिहीबार ६६ जना प्यालेस्टाइनीको इजरायली आक्रमणमा ज्यान गएको हो।

अस्पतालको अगाडि कुपोषण, सङ्क्रमण, क्रोनिक रोग तथा अन्य धेरै रोगले प्रभावित लाइन लागेर बसेको समयमा सो आक्रमण भएको हो। सामाजिक सञ्जालमा राखिएको भिडियोमा आक्रमण भए लगत्तै धेरै बाल बालिका उफ्रिएर भुइँमा ढलेको देखिएको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ६ : १५ बजे

जेन-जीको प्रदर्शन : कम्तीमा ५ प्रदर्शनकारीको मृत्यु

काठमाडौँ- जेन-जीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा कम्तीमा पनि ५ जनाले

भिनस अस्पतालमा पनि घाइते प्रदर्शनकारीको उपचार हुँदै

काठमाडौं- जेनजीको प्रदर्शनमा घाइते भएकाहरुको मध्य बानेश्वरमा रहेको भिनस अस्पतालमा

विराटनगरमा जेन-जीले घेरे कोशी प्रदेशसभा 

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा जेन-जीले प्रदेशसभा घेरेका छन्

जेन जीको प्रदर्शनमा घाइते भएकाको निःशुल्क उपचार गर्ने केएमसीको घोषणा 

काठमाडौं– जेन जीको प्रदर्शनमा घाइतेको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड

संसद् भवन परिसरको सुरक्षा गर्न पस्यो सेनाको टोली

काठमाडौँ- प्रदर्शनकारीले लगातार निशाना बनाएपछि नेपाली सेनाको टोली संसद् भवन