४० किलो गाँजासहित पाँच जना पक्राउ « Khabarhub

४० किलो गाँजासहित पाँच जना पक्राउ


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले ४० किलोग्राम लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ,  काठमाडौँ महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन् । 

उनीहरूको साथबाट प्रहरीले रु एक लाख २५ हजार नगदसमेत बरामद गरेको छ । उनीहरूले काठमाडौँ कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाइ राखेको अवस्थामा सो परिमाणको गाँजा राखेको र बिक्री वितरण गरेको प्रहरीको भनाइ छ ।

यस्तै नेपाल प्रहरीले चोरी तथा डाँका मुद्दामा संलग्न दुई जनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।  

प्रहरीका अनुसार २०८१ चैत २९ गते पोखराको अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक महिलाले घाँटीमा लगाएको दुई तोलाको सुनको सिक्री पोखरा महानगरपालिका–१० शिवचोकबाट उनीहरूले लुटपाट गरेका थिए । 

सो अभियोगमा काभ्रेपलाञ्चोक बेथानचोकका अञ्जन तामाङ र काठमाडौँ गोकर्णेश्वरका सुरेश तामाङलाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ गोकर्णेश्वर–४ बाट पक्राउ गरी थप कारबाहीका लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ६ : ४१ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक