म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना | Khabarhub Khabarhub

म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१-८२ मा चारवटा सडक स्तरोन्नतिसम्बन्धी योजना थपिएका छन् ।

सङ्घीय सरकारसँगको साझेदारीमा एक र प्रदेश सरकारको लगानीमा कार्यान्वयन हुने तीनवटा सडक स्तरोन्नतिसम्बन्धी आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६० करोडमा ठेक्का सम्झौता भएको छ ।

चारवटा सडक स्तरोन्नति र एक झोलुङ्गे पुल निर्माणसम्बन्धी योजनाको ठेक्का प्रक्रिया सकेर निर्माणको चरणमा प्रवेश गरेका पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार ती आयोजना बर्खायाम लगत्तै निर्माण सुरु गर्ने तयारी छ ।

दरवाङ–मुना–ढोरपाटन सडक

गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि २०८२ असार ११ गते सक्षम-सिम्रन जेभी र पूर्वाधार विकास कार्यालयबीच ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको छ । सत्ताइस महिनाको ठेक्का अवधि रहेको यो योजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र झिनडाँडा–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान हुनेछ ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मानिएको यो सडक म्याग्दीको प्राथमिकताप्राप्त योजना भएको म्याग्दी क्षेत्र नं १ ९२० बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए।

भगवती–बेग सडक

रघुगङ्गा गाउँपालिका गलेश्वर–पिप्ले–भगवती हुँदै बेग जाने बाटो र भगवती–सिजलगाउँ–साझपानी–बयारीगाउँ–बेग सडक स्तरोन्नतिका लागि हिमालयन कन्ट्रक्सनसँग २०८२ असार ९ गते ठेक्का सम्झौता भएको छ । दुई करोड ८२ लाखमा ठेक्का सम्झौता भएको यस योजनामार्फत भगवतीस्थित यसअघि प्रदेश सरकारमार्फत स्तरोन्नति भएको सडकको अन्तिम बिन्दुबाट बेगतर्फ एक किलोमिटर चार सय मिटर ढलान र प्रिमिक्स कालोपत्र हुने म्याग्दी क्षेत्र नं १ ९१० बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए । 

रुम–ताराखोला सडक

म्याग्दी निर्वाचन क्षेत्र १ ९२० अन्तर्गत मालिका गाउँपालिका–२ को रुम–ताराखोला सडक योजना कार्यान्वयनका लागि २०८२ असार ४ गते सोमरस निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । दुई करोड ११ लाख ३० हजारमा ठेक्का सम्झौता भएको यो योजनामार्फत सात सय मिटर सडक ढलान गरिने भएको छ ।

गलेश्वर–पुलाश्रम सडक  

घतान–९ गलेश्वर मन्दिरबाट पुलाश्रम मन्दिर जगन्नाथ मन्दिर भएर बेनी बजार सदरमुकाम मोटरबाटो सडक स्तरोन्नतिका लागि बीबीपीएल बिएस डीएस धवलागिरि छनोट भएको छ । दुई करोड २३ लाख ४६ हजारमा बेनी नगरपालिका–९ गलेश्वरबाट अर्को धार्मिकस्थल पुलाश्रम जोड्ने सडकअन्तर्गत बेनी नगरपालिका–९ का विभिन्न ठाउँमा दुई किलोमिटर ढलान र ग्राभेल गर्न लागिएको हो ।

सावाटा–थापाचौर झोलुङ्गे पुल

मालिका गाउँपालिका–५ थापाचौर र वडा नं ६ को सावटा बस्ती जोड्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । ९६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनी सोमरस निर्माण सेवासँग रु ३९ लाखमा २०८२ असार ३ गते ठेक्का सम्झौता भएको हो । 

प्रदेश सरकारमार्फत आव २०८०-८१ मा म्याग्दीमा सातवटा सडक र दुईवटा मोटरेबल पुल निर्माणका लागि ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको थियो । त्यसअघिका वर्षका एक सडक र एक मोटरेबल पुल निर्माणाधीन छन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : १५ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।