यस वर्ष युरोपमा अत्यधिक गर्मी | Khabarhub Khabarhub

यस वर्ष युरोपमा अत्यधिक गर्मी


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

एजेनसी – यस वर्ष युरोपमा अत्यधिक गर्मी महशुश भएको छ। जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी बढेपछि अहिलेसम्म युरोपमा २ हजार ३ सय जनाको मृत्यु भइसकेको छ। 

गत बिहीबार प्रकाशित एक वैज्ञानिक विश्लेषणमार्फत यो जानकारी सार्वजनिक भएको युरोपका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सो अध्ययनले जुलाई २ सम्मको १० दिनलाई लक्षित गरेको थियो, जसमा पश्चिमी युरोपका ठूलो भागहरू अत्यधिक रूपमा गर्मी बढेको निष्कर्ष निकालिएको थियो । 

जसअनुसार स्पेनमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ भने फ्रान्समा जंगलमा आगलागी भएको छ । अध्ययनमा बार्सिलोना, म्याड्रिड, लन्डन र मिलान लगायत १२ सहरलाई समावेश गरिएको थियो, जहाँ तापक्रम यस वर्ष मात्रै औसत रूपमा ४ डिग्री सेल्सियससम्म बढेको थियो।

इम्पेरियल कलेज लन्डन र लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका वैज्ञानिकहरूले गरेको अध्ययन अनुसार यस अवधिमा अनुमानित २ हजार ३०० मृत्यु मध्ये १ हजार ५०० जलवायु परिवर्तनसँग सम्बन्धित थिए, जसले तातो लहरलाई थप गम्भीर बनाएको उल्लेख गरिएको छ ।

इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ता डा. बेन क्लार्कले जलवायु परिवर्तनले यसलाई पहिलेको तुलनामा धेरै तातो बनाएको जनाएका छन् र यसलाई अझ खतरनाक बनाउँदै लैजाने चेतावनी पनि उनले दिएका छन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : ३५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण

आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई