पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले एमालेमा हलचल, योगेश भन्छन्- भनाभन र एकअर्कालाई लल्कार्न बन्द गरौँ  « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले एमालेमा हलचल, योगेश भन्छन्- भनाभन र एकअर्कालाई लल्कार्न बन्द गरौँ 


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा रहेको चर्चा सुरु भएसँगै राजनीतिक तरंग तीव्र भएको छ। विशेष गरी अध्यक्ष केपी शर्मा ओलीनिकट समूहमा यसबारे गम्भीर चासो र छलफल भइरहेको छ।

एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरू भण्डारीको सक्रिय राजनीतिमा पुनःआगमन उपयुक्त नहुने मतमा छन्। यही विषयलाई लिएर पार्टीको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने समूह र बाहिरी नेताहरूको अर्को समूहबीच विवाद र भनाभन चर्किएको छ।

बिहीबार बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले विधान महाधिवेशन नभएसम्म पार्टीको नेतृत्वबारे बहस नगर्न स्पष्ट निर्देशन दिएका थिए। संयन्त्रका संयोजक भानुभक्त ढकालले त पार्टी निर्णयविरुद्ध जान खोज्नेहरूलाई ‘नोटिसमा राखिने’ चेतावनीसमेत दिएका छन्।

यही विवादबीच एमाले सचिव योगेश भट्टराईले भने दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।  

‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने- कृपया यो तरिका बन्द गरौं। बसौं, आपसमा विमर्श गरौं, सहकार्यमार्फत समाधान खोजौं। जबजको मर्म पनि यही हो। राष्ट्र, जनता र एमाले – हामी सबै एक ठाउँ उभिने आधार बनाऔँ, उनले भनेका छन् । 

पूर्वराष्ट्रपति भण्डारीले आधिकारिक रूपमा राजनीति फर्किने घोषणा नगरे पनि एमालेभित्र उनको सक्रियता र सम्भावित भूमिकाबारे बहस सुरु भइसकेको छ। आगामी दिनमा पार्टीको आन्तरिक सन्तुलन कता मोडिन्छ भन्ने चासो तीव्र बनेको सन्दर्भमा योगेशले संयमित हुन भनेका हुन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : ५३ बजे

रास्वपा कास्कीमा भाँडभैलो, क्षेत्र नम्बर २ का ११ मध्ये १० वडा कमिटी उम्मेदवारको विरोधमा उत्रिए

पोखरा- उम्मेदवारलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की क्षेत्र नम्बर २

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको