धनगढीमाईमा खानेपानीको हाहाकार | Khabarhub Khabarhub

धनगढीमाईमा खानेपानीको हाहाकार


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका–१३ भरनैनी बस्तीका करिब १५० घर परिवारले खानपानीको चरक सङ्कट भोगेको लामो समय भयो । तीन वटै तहका सरकारको उपस्थितिपछि पनि पानीको समस्याले दीर्घकालीन समाधानको बाटो पाउन सकेको छैन ।

वर्षौंदेखि जनप्रतिनिधिका चुनावी आश्वासनमा अल्झिएका बासिन्दा आजसम्म पनि एक जार पानीका लागि घण्टौँ लाइन बस्न बाध्य छन् । केही समयअघि नगरपालिकाले दुई वटा ठूला बोरिङ जडान गरिएको भए पनि पानीको मात्रा अत्यन्त न्यून भएपछि समस्या जस्ताको त्यस्तै छ । 

स्थानीयहरू बिहानदेखि बेलुकासम्म पानीको जोहो गर्न सङ्घर्षरत छन् । स्थानीय लक्ष्मीनियाँ देवी राम भन्छिन्, ‘घाममा घण्टौँ लाइन बस्नुपर्छ, दुई–तीन घण्टापछि बल्ल पालो आउँछ । एक जार पानीबाट खान पकाउने, कपडा धुने र गाईबस्तुलाई खुवाउने सबै काम गर्नुपर्छ, कतिपय त खाली हातै फर्किनुपर्छ ।’

त्यस्तै, स्थानीय देवकी मोचीले भनिन्, ‘पहिले यही ट्याङ्कीबाट पानी आउँथ्यो, तर अहिले १० दिन भयो, पानीको मात्रा घटेर गयो । थोरै थोरै आउने पानीका लागि घण्टौँ कुर्नुपर्छ ।’

त्यसैगरी, गहनी देवीराम र रधिया रामको गुनासो अझै गहिरो छ । उनीहरूको भनाइ छ । ‘बिहानदेखि बेलुकासम्म पानीकै चिन्तामा बित्छ । एक बाल्टिन पानी भर्न घण्टौँ लाइन बस्नुपर्छ । नेताहरू चुनाव आउँदा बोरिङ दिन्छु भन्छन्, तर जितेपछि फर्केर कोही हेर्दैनन् ।’

धनगढीमाई–१३ का वडाध्यक्ष सूर्यमान तामाङले खानेपानी ट्याङ्की निर्माण भइसकेको र अहिले पाइपलाइन विस्तारको काम बाँकी रहेको जनाए। उनले भने, ‘स्थायी समाधानका लागि तयारी भइरहेको छ, चाँडै समाधान गर्छौँ ।’

यस्तो पीडादायी पृष्ठभूमिमा केही दिनअघि सङ्घीय खानेपानीमन्त्री प्रदीपकुमार यादवले यही वडामा ‘डाबर खानेपानी योजना’ उद्घाटन गरेका थिए। उद्घाटन समारोहले केही आशा दिलाए पनि बासिन्दाले अझै पानीको धारामा सुक्खा नै महसुस गरिरहेका छन् ।  

धनगढीमाईका नगरप्रमुख शिवशङ्कर महतोले भरनैनी बस्तीको दीर्घकालीन खानेपानी सङ्कटबारे भने, ‘हामी बस्तीको समस्याप्रति पूर्ण जानकार छौँ । नगरपालिकाले ट्याङ्की निर्माण गरिसकेको छ र अब पाइपलाइन विस्तार तथा पानीको स्रोत सुदृढीकरणमा जोड दिइरहेका छौँ ।’

उनले थपे, ‘पानी प्रत्येक नागरिकको मौलिक अधिकार हो । समस्या दीर्घकालीन भएको स्वीकार छौँ, तर हालको व्यवस्थापन र योजना कार्यान्वयनले स्थायी समाधान ल्याउनेछ । सङ्घीय र प्रदेश सरकारसँग पनि समन्वय भइरहेको छ ।’

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : ४७ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी