मौद्रिक नीतिको विशेषता : शेयर कारोबारीदेखि घरकर्जा लिनेसम्मलाई राहत « Khabarhub

मौद्रिक नीतिको विशेषता : शेयर कारोबारीदेखि घरकर्जा लिनेसम्मलाई राहत


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेका छन् । 

गभर्नर पौडेलले ल्याएको पहिलो मौद्रिक नीतिले शेयर कारोबार गर्नेदेखि घरकर्जा लिनेसम्मलाई राहत दिने प्रयत्न गरेको छ । साथै, बैंकदरदेखि ब्याजरको सीमामा भएको हेरफेरले समग्र निक्षेपदेखि कर्जाको ब्याजदर घट्ने समेत विश्लेषकहरूले अनुमान गरेका छन् ।

के छन् मौद्रिक नीतिका मुख्य विशेषता ?

१. ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत र ब्याजदर करिडरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत दरलाई ५.० प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिएको छ ।

२. निजी आवासीय घर निर्माणरखरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा दुई करोडबाट बढाई तीन करोड कायम गरिने । पहिलो घर निर्माणरखरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइने ।

३. चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार र मिडिया हाउस लगायतको व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा आवश्यकताअनुसार परिमार्जन गरिनेछ ।

४. बैंक तथा वित्तीय संस्थाहरूले कृषि फसल, कृषियोग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैँले मूल्याङ्कन गरी १० लाखसम्म कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिने ।

५. बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा १५ करोडबाट बढाई २५ करोड बनाइनेछ ।

६. यस बैंकबाट इजाजतपत्र प्राप्त “ख” वर्गका विकास बैंक र “ग” वर्गका वित्त कम्पनीहरूमा विगत लामो समयदेखि वासेल २ र ३ अनुसारका न्यूनतम पुँजी पर्याप्तता अनुपातलगायत विभिन्न नियामकीय मापदण्डहरू कार्यान्वयनमा रहेको सन्दर्भमा “ग” वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूले प्राथमिक पुँजीको १५ गुणासम्म निक्षेप परिचालन गर्न सक्ने सीमा हटाइने ।

७. बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सकार गरेको दुई वर्षसम्म उक्त सम्पत्तिबापत सिर्जना भएको रेगुलेटरी रिजर्भको रकमलाई पूरक पँुजीमा गणना गर्न सकिने व्यवस्था गरिनेछ ।

साथै, मौद्रिक नीतिले हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रका उद्योग व्यवसायलाई प्रवर्द्धन गर्न, जाजरकोट, रुकुमका भूकम्प प्रभावित क्षेत्रमा रहेका व्यावसायिक कर्जा तथा उक्त क्षेत्रमा बसोबास गरेका व्यक्तिहरूले लिएको कर्जाको पुर्नतालिकीकरण र पुर्नसंरचना गर्ने नीति लिएको छ । 

स्वीकृति लिएर बैंकहरूले पुँजी वृद्धि गर्न सक्ने व्यवस्था गरेको छ भने लघुवित्त संस्थाको लाभांश वितरण, विपन्न कर्जाको सीमा लगायतका विषयमा पुनरावलोकन गर्ने विषय मौद्रिक नीतिमा उल्लेख छ । 

त्यस्तै, अहिलेसम्म विदेश जाने नेपालीले २५ सय अमेरिकी डलर सम्म विदेशी मुद्राको सटही सुविधा पाउने गरेकोमा अब त्यसलाई बढाएर नयाँ नीतिमार्फत् तीन हजार पुर्याइएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  २ : ११ बजे

अमेरिकी सांसद भन्छन् : इरानसँग आत्मसर्पण गरेजस्तो भयो

वाशिङ्टन- इरानसँगको सम्झौतालाई लिएर अमेरिकामै विवाद र विरोध भएको छ।

युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण

एजेन्सी– लामो समयको अवरोधपछि युरोपेली सङ्घ (ईयु) ले युक्रेनको सदस्यता

विज्ञान प्रयोगशालाका लागि विश्वसनीय कानुन बनाउन खोजेका छौँ : मन्त्री पुन

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशालालाई

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक : मन्त्री पुन

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारले राष्ट्रिय विधि

अमेरिका-इरान सम्झौताप्रति इजरायलमा असन्तुष्टि, विपक्षीले भने : नेतन्याहू प्रभावहीन र निरीह देखिए

तेल अभिभ- इजरायलको डेमोक्रेट्स पार्टीका प्रमुख याइर गोलानले अमेरिका र