महिला उद्यमी बन्नु परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु हो : मन्त्री भण्डारी « Khabarhub

महिला उद्यमी बन्नु परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु हो : मन्त्री भण्डारी


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महिला उद्यमी बन्नु एउटा व्यवसाय सञ्चालन गर्नु मात्रै नभई परिवारलाई नै आर्थिक रूपमा सक्षम बनाउनु रहेको बताएका छन् ।

अन्तरराष्ट्रिय महिला नेतृत्व सम्मेलनको शुक्रबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले महिला नेतृत्व र उद्यमशीलता समृद्ध राष्ट्र निर्माणको आधार भएको बताए । 

उनले भने, ‘महिला उद्यमशीलताले एउटा समुदायमा रोजगारी सिर्जना गर्नु हो र अन्ततः राष्ट्रको स्वाभिमान तथा आत्मनिर्भरता मजबुत बनाउनु हो ।

महिला नेतृत्व र उद्यमशीलताको कुरा गर्दा केवल लैङ्गिक समानता मात्र होइन, राष्ट्र निर्माणको मुख्य संवाहकका रूपमा कुरा गरिरहेका हुन्छौँ ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न महिला उद्यमीको विकास अपरिहार्य रहेको मन्त्री भण्डारीले स्पष्ट पारे । 

सरकारले हाल सञ्चालनमा ल्याएका विभिन्न कार्यक्रम महिला उद्यमशीलता विकास कार्यक्रम, प्रविधि हस्तान्तरण, व्यवसाय सम्बद्ध सेवा, ‘स्टार्टअप’ कार्यक्रम, शिल्पी समुदायको प्रवर्द्धनलगायतका पहलहरू रहेको उनले उल्लेख गरे ।

मन्त्री भण्डारीले भने, ‘नेपालमा लघु, घरेलु तथा साना उद्योगको बाहुल्यता छ । त्यसमध्ये अधिकांशमा महिलाको नेतृत्व र संलग्नता छ । खाद्य प्रशोधन, जडीबुटी, चिया, कफी, हस्तकला, पर्यटनजस्ता क्षेत्रमा नेपाली महिलाको सीपले अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने हैसियत बनाएको छ ।’

निर्यातमुखी उत्पादन रणनीति तथा जलवायु परिवर्तनजस्ता विषय उद्यमशीलता क्षेत्रका लागि अत्यन्तै सान्दर्भिक रहेको मन्त्री भण्डारीले उल्लेख गरे । 

‘एआई अब भविष्यको प्रविधि होइन, यो वर्तमानको यथार्थ हो,’ उनले भने, ‘महिला उद्यमीले यसको प्रयोगबाट उत्पादन प्रक्रियामा सुधार, ग्राहक व्यवहारको विश्लेषण र व्यावसायिक दक्षता वृद्धि गर्न सक्नेछन् ।’

हरियो उद्यमशीलताको अवधारणा अगाडि बढाउनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । जलवायु परिवर्तनको असर नेपालजस्ता हिमाली राष्ट्रमा बढी पर्ने भएकाले यसको समाधानलाई अवसरमा रूपान्तरण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  २ : ४७ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल