सरकारले गर्नुपर्ने काम मानवसेवाले गरिरहेको छ : अध्यक्ष दाहाल « Khabarhub

सरकारले गर्नुपर्ने काम मानवसेवाले गरिरहेको छ : अध्यक्ष दाहाल


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी दिवङ्गत श्रीमती सीता दाहालको दोस्रो स्मृति दिवसका दिन मानवसेवा आश्रम काठमाडौंको रानीवन सेवा केन्द्रमा पुगेर जीवनसाथी दाहाललाई स्मरण गरेका छन् । 

उनले पत्नी सीताको स्मृतिलाई दिगो राख्न र सबैलाई यस्तो कार्यले प्रेरणा मिलोस् भन्ने उद्देश्यले आश्रममा आश्रितहरूका साथमा यस दिनलाई समर्पण गरेको बताए ।

स्मृति दिवसको दिन आश्रममा आश्रित २५० सहयोगापेक्षी सडक आश्रित मानवहरूका लागि खाद्यान्न सामग्री र एक लाख रुपैयाँ नगद योगदान गरे। साथै, आश्रमका रहेकाहरूलाई आफ्नै हातले भोजन वितरण गरे ।

सो अवसरमा अध्यक्ष दाहालले आफू प्रधानमन्त्री छँदा हेटौँडास्थित मानवसेवा आश्रमको मुख्यालय उद्घाटन गरेको सन्दर्भ स्मरण गर्दै सरकारले गर्नुपर्ने काम मानवसेवा आश्रमले गरिरहेको बताए । मानवसेवा आश्रमको मानवता प्रवर्द्धनका कार्यले अन्तर्राष्ट्रिय जगतमा समेत चर्चा चुलिँदै गएको बताए । 

पूर्वप्रधानमन्त्री दाहालले आफू सरकारमा छँदा सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार र मानवीय सेवाका लागि सात वटै प्रदेशका लागि सात वटा गाडी उपलब्ध गराउन मन्त्रिपरिषद्बाटै निर्णय गरेर प्रक्रिया अघि बढाएको भए पनि अझैसम्म त्यसको कार्यान्वयन नभएकामा चिन्ता व्यक्त गर्दै यसका लागि पहल गर्ने आश्वासन दिए । 

कार्यक्रममा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रमको विगत वर्तमान र आगामी योजनाबारे अध्यक्ष दाहाललाई जानकारी गराएका थिए । 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ३ : १२ बजे

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३। ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट