काठमाडौंको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, आइतबार बजेट ल्याइने « Khabarhub

काठमाडौंको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, आइतबार बजेट ल्याइने


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट असार २९ गते (पर्सि आइतबार) ल्याउने भएको छ ।

शुक्रबार बसेको कार्यपालिकाको ४५ सेकेन्ड लामो बैठकले बजेट आइतबार ल्याउने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर मेयर बालेन्द्र साह र अन्य जनप्रतिनिधिबीचको विवादबीच शुक्रबार बसेको कार्यपालिका बैठकमा नयाँ बजेट असार २९ गते पेश गर्ने सहमति बनेको हो ।

काठमाडौँ महानगरकी उपप्रमुख सुनीता डङ्गोलले नगर सभामा उक्त बजेट पेश गर्नेछिन्‌ । शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटको आकार निर्धारण गरिसकेको छ ।

उपमेयर सुनिता डंगोल र केही प्रतिनिधि वडाध्यक्षहरू सहितको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने गरी सीमा निर्धारण गरेको हो ।

मेयर बालेन्द्र साहको कार्यकक्षमा समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहितको बैठकले बजेटको आकार तय गरेको हो ।

बैठकले आर्थिकतर्फ तीन प्रतिशत, पूर्वाधारतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धतर्फ १२ प्रतिशत र कार्यसञ्चालन तथा प्रशासनतर्फ १४ प्रतिशत हुने गरी सीमा निर्धारण गरेको महानगरपालिका स्रोतले जानकारी दिएको छ ।

गत पुस पहिलो सातादेखिको किचलोले पूर्णविराम पाउँदै महानगर बजेट ल्याउने बिन्दुमा पुगेको हो । यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बाइपास गरेर मेयर साहले बैठक राख्न खोजेपछि बजेट रोकिएको थियो ।

यही विवादका कारण निर्धारित मिति अर्थात्‌ असार १० मा महानगरले बजेट ल्याउन सकेको थिए ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ३ : १२ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका