टर्कीविरुद्ध सशस्त्र सङ्घर्ष समाप्त गरेको दुई महिनापछि हतियार बिसाउँदै कुर्दिश विद्रोही « Khabarhub

टर्कीविरुद्ध सशस्त्र सङ्घर्ष समाप्त गरेको दुई महिनापछि हतियार बिसाउँदै कुर्दिश विद्रोही


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टर्कीविरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेका कुर्दिश विद्रोहीले निशस्त्रीकरण समारोहबीच आफ्ना हतियार बिसाउने भएका छन् ।

कुर्दिश विद्रोहीहरूले टर्की राज्य विरुद्ध दशकौं लामो सशस्त्र सङ्घर्ष समाप्त गरेको दुई महिनापछि इराकी कुर्दिस्तानमा एक समारोहका बीच पीकेके लडाकुहरूले हतियार बिसाउन सुरु गर्नेछन् ।

यो समारोहले कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को सशस्त्र विद्रोहबाट लोकतान्त्रिक राजनीतिमा सङ्क्रमणको एउटा महत्वपूर्ण मोड सुरु हुने भएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् १९७० को दशकको अन्त्यतिर अब्दुल्लाह ओकालानद्वारा स्थापित पीकेकेले सन् १९८४ मा हतियार उठाएको थियो । जसले टर्कीको भूमिमा रक्तपातपूर्ण आक्रमणहरूको शृङ्खला सुरु गर्‍यो । यो द्वन्द्वले ४० हजारभन्दा बढीको ज्यान लिएको थियो ।

चार दशकपछि पीकेकेले ‘मे’ महिनामा आफ्नो विघटनको घोषणा गरेको थियो । उसले भनेको थियो– यो सशस्त्र सङ्घर्षको समाप्तिले सन् १९९९ देखि टर्कीमा आजीवन कारावासको सजाय भोगिरहेका ओकालानको ऐतिहासिक आह्वान अनुरूप कुर्दिश अल्पसङ्ख्यकको अधिकारको रक्षा गर्ने साथै लोकतान्त्रिक सङ्घर्षलाई अगाडि बढाउनेछ ।

यो समारोह उत्तरपूर्वी इराकी शहर सुलेमानियाह नजिकैको एक अज्ञात स्थानमा हुने बताइएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ४ : २१ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले