क्रिकेटर सुशीललाई सुदूरपश्चिम रोयल्सको एक लाख सहयोग « Khabarhub

क्रिकेटर सुशीललाई सुदूरपश्चिम रोयल्सको एक लाख सहयोग


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम रोयल्सले क्रिकेटर सुशील रावललाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले शुक्रबार क्रिकेटर रावललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । 

मलेसियामा सम्पन्न एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन अहम् भूमिका खेलेका रावलले शुक्रबार बिहान आफ्नो आर्थिक अभावबारे सामाजिक सञ्जालमा लेखेका थिए ।  

उनले केही महिनामै हुन लागेको यु–१९ राष्ट्रिय टोलीको छनोटका लागि तयारी गर्न भारत जानुपर्ने र त्यसका लागि करिब १ लाख रुपैयाँ खर्च लाग्ने बताएका थिए ।

‘आर्थिक अवस्था कमजोर छ भन्दा मलाई लाज छैन,’ क्रिकेटर रावलले फेसबुकमा लेखेका थिए, ‘तर अब सहयोगबिना यो यात्रा सम्भव छैन। त्यसैले मलाई खादा र माला होइन, आर्थिक सहयोग दिनुहोला ।’

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ४ : ४४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको