युरोपको अत्याचारपूर्ण नरसंहारको तीन दशक : सेब्रेनिकामा शान्ति यात्रा | Khabarhub Khabarhub

युरोपको अत्याचारपूर्ण नरसंहारको तीन दशक : सेब्रेनिकामा शान्ति यात्रा


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘बोस्निया एण्ड हर्जगोविना’ को एउटा शहर सेब्रेनिकामा शुक्रबार (जुलाई ११) मा हजारौँ मानिस भेला भएका छन् । ३० वर्ष पहिले भएको नरसंहारको सम्झनामा उनीहरू स्रेब्रेनिकामा भेला भएका हुन् ।

दोस्रो विश्वयुद्ध पछि बोस्नियाली सर्ब सेनाद्वारा गरिएको युरोपको सबैभन्दा खराब अत्याचार मध्ये एउटा रहेको समाचार संस्था एफपीले जनाएको छ ।

स्मरणोत्सवको पूर्वसन्ध्यामा नरसंहारका पीडित र बाँचेकाहरूको सम्झनामा १०० किलोमिटरभन्दा बढी पैदल यात्रा गरेका हजारौं स्रेब्रेनिका शान्ति पैदलयात्रीहरू स्रेब्रेनिका–पोतोकारी स्मारक केन्द्रमा आइपुगेका छन् ।

सन् १९९० को दशकमा बोस्नियाको अन्तर–जातीय युद्धको सबैभन्दा रक्तपातपूर्ण घटनाको रूपमा चिनिन्छ । एएफपीका अनुसार यहाँ नरसंहारका सात पीडितहरूको अवशेषलाई स्मरणार्थमा अन्त्येष्टि गरिनेछ ।

जुलाई ११ सन् १९९५ मा तीन महिनाभन्दा बढी समयको घेराबन्दी पछि बोस्नियाली सर्ब सेनाले पूर्वी शहर स्रेब्रेनिका कब्जा गरेको थियो । जुन त्यतिबेला संयुक्त राष्ट्र सङ्घद्वारा संरक्षित ‘एन्क्लेभ’ थियो । त्यसपछिका दिनहरूमा उनीहरूले आठ हजार मुस्लिम पुरुष र किशोरहरूलाई मारेका थिए । र सामूहिक चिहानमा गाडेका थिए ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ४ : ४१ बजे

आकाशको पानीमा भरपर्दा सर्लाहीमा भएन रोपाइँ

सर्लाही- हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका

घाइते छाडा चौपायाको उद्धारमा विष्णु

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

इतिहासकै एक पक्षीय जितसहित इगाले जितिन् विम्बल्डन

काठमाडौं – अमान्डा अनिसिमोभालाई ६-०, ६-० ले हराउँदै इगा स्वेतकले

‘छाउ गोठ’मा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

कञ्चनपुर– कञ्चनलपुरमा ‘छाउ गोठ’मा सुतेकी एक युवतीको सर्पले डसेर मृत्यु भएको