युरोपको अत्याचारपूर्ण नरसंहारको तीन दशक : सेब्रेनिकामा शान्ति यात्रा « Khabarhub

युरोपको अत्याचारपूर्ण नरसंहारको तीन दशक : सेब्रेनिकामा शान्ति यात्रा


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘बोस्निया एण्ड हर्जगोविना’ को एउटा शहर सेब्रेनिकामा शुक्रबार (जुलाई ११) मा हजारौँ मानिस भेला भएका छन् । ३० वर्ष पहिले भएको नरसंहारको सम्झनामा उनीहरू स्रेब्रेनिकामा भेला भएका हुन् ।

दोस्रो विश्वयुद्ध पछि बोस्नियाली सर्ब सेनाद्वारा गरिएको युरोपको सबैभन्दा खराब अत्याचार मध्ये एउटा रहेको समाचार संस्था एफपीले जनाएको छ ।

स्मरणोत्सवको पूर्वसन्ध्यामा नरसंहारका पीडित र बाँचेकाहरूको सम्झनामा १०० किलोमिटरभन्दा बढी पैदल यात्रा गरेका हजारौं स्रेब्रेनिका शान्ति पैदलयात्रीहरू स्रेब्रेनिका–पोतोकारी स्मारक केन्द्रमा आइपुगेका छन् ।

सन् १९९० को दशकमा बोस्नियाको अन्तर–जातीय युद्धको सबैभन्दा रक्तपातपूर्ण घटनाको रूपमा चिनिन्छ । एएफपीका अनुसार यहाँ नरसंहारका सात पीडितहरूको अवशेषलाई स्मरणार्थमा अन्त्येष्टि गरिनेछ ।

जुलाई ११ सन् १९९५ मा तीन महिनाभन्दा बढी समयको घेराबन्दी पछि बोस्नियाली सर्ब सेनाले पूर्वी शहर स्रेब्रेनिका कब्जा गरेको थियो । जुन त्यतिबेला संयुक्त राष्ट्र सङ्घद्वारा संरक्षित ‘एन्क्लेभ’ थियो । त्यसपछिका दिनहरूमा उनीहरूले आठ हजार मुस्लिम पुरुष र किशोरहरूलाई मारेका थिए । र सामूहिक चिहानमा गाडेका थिए ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ४ : ४१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको