नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत « Khabarhub

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।  

सभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सो प्रस्तावमाथिको छलफलमा सभाका सदस्यहरूले विधेयकको सैद्धान्तिक पक्षमा आ–आफ्नो धारणा राखेका थिए । 

सांसदहरुले उठाएका विषयमा गृहमन्त्री लेखकले जवाफ दिँदै आमाको नामबाट नागरिकता दिने व्यवस्थासहित उक्त विधेयक आएको जनाकारी दिए ।

‘नागरिकता प्राप्त गर्ने वा राज्यले प्रदान गर्ने विषय सरल होस्, जटिलता नहोस् भनेर यी व्यवस्थासहित विधेयक प्रस्तुत भएको छ’, गृहमन्त्री लेखकले भने, ‘अझै केही कुरा थपेर परिमार्जन गर्नुपर्ने छ भने यसमा सरकार खुला छ । यो विधेयकलाई अन्तिम रूप दिने अधिकार यस सभालाई छ । छिटो पारित भए धेरै नागरिकलाई नागरिकता प्राप्त गर्न सहज हुन्छ ।’

राष्ट्रियसभाको अर्को बैठक यही असार ३१ गते मंगलबार अपराह्न १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : ०० बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले