नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत « Khabarhub

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।  

सभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सो प्रस्तावमाथिको छलफलमा सभाका सदस्यहरूले विधेयकको सैद्धान्तिक पक्षमा आ–आफ्नो धारणा राखेका थिए । 

सांसदहरुले उठाएका विषयमा गृहमन्त्री लेखकले जवाफ दिँदै आमाको नामबाट नागरिकता दिने व्यवस्थासहित उक्त विधेयक आएको जनाकारी दिए ।

‘नागरिकता प्राप्त गर्ने वा राज्यले प्रदान गर्ने विषय सरल होस्, जटिलता नहोस् भनेर यी व्यवस्थासहित विधेयक प्रस्तुत भएको छ’, गृहमन्त्री लेखकले भने, ‘अझै केही कुरा थपेर परिमार्जन गर्नुपर्ने छ भने यसमा सरकार खुला छ । यो विधेयकलाई अन्तिम रूप दिने अधिकार यस सभालाई छ । छिटो पारित भए धेरै नागरिकलाई नागरिकता प्राप्त गर्न सहज हुन्छ ।’

राष्ट्रियसभाको अर्को बैठक यही असार ३१ गते मंगलबार अपराह्न १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : ०० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको