एनपीएल क्रिकेट अझै व्यवस्थित रुपमा आयोजना हुन्छ : खेलकुदमन्त्री | Khabarhub Khabarhub

एनपीएल क्रिकेट अझै व्यवस्थित रुपमा आयोजना हुन्छ : खेलकुदमन्त्री


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुने बताएका छन् । 

खेलकुद मन्त्रालयद्वारा शुक्रबार आयोजित ‘युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा मन्त्री चौधरीले विभिन्न विवादका बाबजुद पनि एनपिएल आयोजना हुने बताएका हुन् । 

पहिलो संस्करण सम्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एनपिएलबारे उजुरी परेको थियो । त्यसपछि अख्तियारले आवश्यक कारबाहीका लागि खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । मन्त्रालयले पनि त्यसको प्रतिउत्तर अख्तियारमा पठाइसकेको उनले बताए  । 

मन्त्री चौधरीले भने, ‘हामीसँग खरिद आदेश ऐन र नियमावली छ, खेलकुद विकास ऐन, २०७५ छ, खरिद आदेश मान्ने कि नमान्ने ? त्यसकारण एनपिएल हुन्छ, तर व्यवस्थित तरिकाबाट हुन्छ ।’ उनले ऐन/कानुन र नियमावलीको परिधिभित्र रहेरै एलपिएल हुने बताए । 

मन्त्री चौधरीले सिङ्गो पत्रकारिता क्षेत्रले आवाजविहीनको आवाज उठाउनुपर्नेमा जोड दिँदै पत्रकारले सत्यतथ्यमा आधारित निष्पक्ष र विश्वसनीय समाचार दिनुपर्ने बताए । 

उनले भने, ‘युवाका क्षेत्रमा क्रियाशील भई युवाको गतिविधि गर्ने, युवा जागरण, सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्दै सामाजिक सद्भाव, युवा उद्यमशीलता, विकास र रोजगारीको क्षेत्रलगायत समग्र युवाका क्षेत्रमा योगदान पुर्‍याएबापत यो मन्त्रालयले युवा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ, मलाई आशा छ पुरस्कृत युवा पत्रकारले युवाका क्षेत्रमा अझ सशक्त रूपमा काम गर्नु हुनेछ ।’

भ्रष्टाचारलाई अन्त्य गर्न र सुशासन कायम गर्ने गरी आफ्नो भूमिका निर्वाह गर्न मन्त्री चौधरीले पत्रकारहरूलाई आग्रह गरे । 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : ४२ बजे

ओलीले भने- एमालेबिनाको देश सम्भव छैन, माकुराको जालोमा भैँसी कहिल्यै पर्दैन

झापा-नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको

झापाबाट प्रधानमन्त्रीको घोषणा- ओलीबिनाको एमाले देख्ने चहाना पूरा हुँदैन

झापा- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकता

पछिल्लो साता ६४ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या १ हजार ९ सय नाघ्यो

काठमाडौं– पछिल्लो एक सातामा देशभर ६४ जनामा डेंगु सङ्क्रमण पुष्टि

साउन १ गतेदेखि सबै सार्वजनिक निकायले विद्युतीय भुक्तानी अनिवार्य गर्नुपर्ने

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको सुरुवात साउन १ गतेदेखि

मौद्रिक नीति सकारात्मक : नेपाल चेम्बर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि