औषधि लिमिटेडलाई आधारभूत उत्पादन केन्द्र बनाउन संसदीय समितिको निर्देशन « Khabarhub

औषधि लिमिटेडलाई आधारभूत उत्पादन केन्द्र बनाउन संसदीय समितिको निर्देशन


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडलाई व्यावसायिक बनाउँदै पूर्ण क्षमतामा सञ्चालन र राज्यको आधारभूत औषधि उत्पादनको प्रमुख एकाइका रूपमा विकास गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबारको बैठकले सो कम्पनीलाई उत्पादन अभिवृद्धि तथा व्यवसाय विस्तारसम्बन्धी वित्तीय आवश्यकताको परिपूर्ति गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । 

बैठकले तीनै तहका सरकारी निकायबाट हुने औषधि खरिदमा सो कम्पनीका उत्पादनलाई प्राथमिकतामा राखी खरिद गर्न, आवश्यक नीतिगत व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या र अर्थ मन्त्रालयलाई निर्देशित गरेको छ ।

समितिले औषधि लिमिटेडको संस्थागत क्षमता सुदृढीकरणका लागि सक्षम तथा दक्ष जनशक्ति व्यवस्थापन र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुपको औषधि उत्पादनमा जोड दिन आग्रह गरेको छ । बैठकले सङ्घीयताअनुकूल सेवा प्रवाह विस्तार गर्न दीर्घकालीन रणनीतिक योजना बनाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन स्वास्थ्य मन्त्रालय र लिमिटेडलाई निर्देशन दिएको छ ।

बैठकले सरकारबाट निर्धारित आधारभूत अत्यावश्यकीय औषधिमध्ये औषधि लिमिटेडबाट उत्पादन भएका औषधि सरकारीस्तरमा खरिद गर्ने उचित प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ ।

समितिले त्रिभुवन विश्वविद्यालयको छात्रावासमा खानेपानी तथा खाद्यवस्तुमा स्वास्थ्य तथा सरसफाइका आधारभूत मापदण्ड कार्यान्वयन गर्दै गुणस्तरीय खानेपानी, खाद्यान्न र लैङ्गिक संवेदनशील भौतिक पूर्वाधारको निर्माण गर्न विश्वविद्यालय प्रशासनलाई निर्देशन दिएको छ । बैठकले गुनासो सुनुवाइको यथाशीघ्र सुनिश्चितता गर्न, आन्तरिक निरीक्षण संयन्त्रको व्यवस्था गर्न सचेत गराएको छ ।

आजको बैठकमा यही असार १९ गते औषधि लिमिटेड र कीर्तिपुरस्थित त्रिवि छात्रावासको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदनमाथि छलफल भएको थियो । अनुगमनका क्रममा औषधि उत्पादन कक्षको करिडोरमा पानीको बोतल सफा गरिने र बोतल भर्ने पुराना मेसिन अलपत्र रहेकाले उत्पादन कक्षको भित्री वातावरण सन्तोषजनक नपाइएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी कीर्तिपुरस्थित त्रिवि छात्रावासको अवस्था र व्यवस्थापन पक्ष अत्यन्त कमजोर रहेको, विद्यार्थीका लागि बसोबास र अध्ययनका लागि उचित वातावरण नरहेको, स्वच्छ पिउने पानी र खानाको मेस दयनीय रहेको प्रतिवेदनमा उल्लेख छ । खाद्य तथा प्रविधि तथा गुण नियन्त्रण विभागमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहितको संसदीय टोलीले औषधि लिमिटेड र छात्रावासको स्थलगत निरीक्षण गरेको थियो ।

बैठकमा विश्वविद्यालय क्याम्पस कीर्तिपुरका प्राचार्य प्रा डा अक्कलदेव मिश्रले छात्रावासलाई व्यवस्थित बनाउँदै लैजान विभिन्न सुधार सुरु गरिएको स्पष्ट पारे । 

छलफलमा सांसदहरू रेखा यादव, सूर्यमान तामाङ (दोङ), सीता मिजार, रणेन्द्र बराली, सपना राजभण्डारी, रमा कोइराला, अमृतादेवी अग्रहरी, कान्तिका सेजुवाल, रामशङ्कर यादव र मङ्गलप्रसाद गुप्तालगायतले औषधि लिमिटेडको उत्पादन गुणस्तरीय बनाउन र व्यावसायिक क्षमता विस्तार गर्न तथा छात्रावासको भान्छा तथा खाद्यवस्तुको गुणस्तरमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । रासस

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : ५१ बजे

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही