नेपालका तीन युवा क्रिकेटलाई भारतले एक महिने प्रशिक्षण दिँदै « Khabarhub

नेपालका तीन युवा क्रिकेटलाई भारतले एक महिने प्रशिक्षण दिँदै


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय दूतावासले नेपालका तीन जना युवा क्रिकेटहरूलाई भारतमा एक महिने प्रशिक्षण दिने भएको छ ।

‘राजदूत क्रिकेट फेलोशिप फर नेपाली यूथ’अन्तर्गत दूतावासले नेपाली यू-१९ क्रिकेटहरू नरेन भट्ट, साहिल पटेल र पूजा महतोलाई १५ जुलाईदेखि १४ अगस्टसम्म भारतको भोपालस्थित एलबी शास्त्री क्रिकेटशालामा एकमहिने व्यावसायिक प्रशिक्षणमा सहभागी गराउन लागिएको हो ।

यो पहल भारतीय दूतावासको तर्फबाट नेपाली युवा क्रिकेट प्रतिभाको विकासमा सहयोग पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको हो। यसमार्फत भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई क्रिकेटप्रतिको साझा आकर्षणमार्फत अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

उक्त व्यावसायिक प्रशिक्षणबाट सहभागी खेलाडीहरूको सीपमा उल्लेखनीय सुधार हुने अपेक्षा छ । यसले नेपालको क्रिकेटिङ लक्ष्यमा योगदान पुग्ने विश्वास दूतावासले गरेको छ ।

शुक्रबार भारतीय राजदूत नवीन श्रीवास्तवले क्रिकेट सङ्घ नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा सहभागी खेलाडीहरूसँग भेटघाट र संवाद गरे।

राजदूतले प्रशिक्षणका लागि शुभकामना व्यक्त गर्दै भारत–नेपाल सम्बन्धमा खेलकुद सहकार्यको भूमिकालाई थप मजबुत बनाउनुपर्ने विषयमा जोड दिए।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : ५५ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२