नेपालका तीन युवा क्रिकेटलाई भारतले एक महिने प्रशिक्षण दिँदै « Khabarhub

नेपालका तीन युवा क्रिकेटलाई भारतले एक महिने प्रशिक्षण दिँदै


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय दूतावासले नेपालका तीन जना युवा क्रिकेटहरूलाई भारतमा एक महिने प्रशिक्षण दिने भएको छ ।

‘राजदूत क्रिकेट फेलोशिप फर नेपाली यूथ’अन्तर्गत दूतावासले नेपाली यू-१९ क्रिकेटहरू नरेन भट्ट, साहिल पटेल र पूजा महतोलाई १५ जुलाईदेखि १४ अगस्टसम्म भारतको भोपालस्थित एलबी शास्त्री क्रिकेटशालामा एकमहिने व्यावसायिक प्रशिक्षणमा सहभागी गराउन लागिएको हो ।

यो पहल भारतीय दूतावासको तर्फबाट नेपाली युवा क्रिकेट प्रतिभाको विकासमा सहयोग पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको हो। यसमार्फत भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई क्रिकेटप्रतिको साझा आकर्षणमार्फत अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

उक्त व्यावसायिक प्रशिक्षणबाट सहभागी खेलाडीहरूको सीपमा उल्लेखनीय सुधार हुने अपेक्षा छ । यसले नेपालको क्रिकेटिङ लक्ष्यमा योगदान पुग्ने विश्वास दूतावासले गरेको छ ।

शुक्रबार भारतीय राजदूत नवीन श्रीवास्तवले क्रिकेट सङ्घ नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा सहभागी खेलाडीहरूसँग भेटघाट र संवाद गरे।

राजदूतले प्रशिक्षणका लागि शुभकामना व्यक्त गर्दै भारत–नेपाल सम्बन्धमा खेलकुद सहकार्यको भूमिकालाई थप मजबुत बनाउनुपर्ने विषयमा जोड दिए।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : ५५ बजे

कांग्रेस महाधिवेशन पद व्यवस्थापनका लागि मात्र होइन, आत्मसमीक्षा गर्ने थलो हो : उपसभापति भुसाल

काठमाडौँ – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको जारी १५औँ

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन