दुई विज्ञलाई प्रश्न : मौद्रिक नीति कस्तो आयो ? « Khabarhub

दुई विज्ञलाई प्रश्न : मौद्रिक नीति कस्तो आयो ?


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले शुक्रबार आगामी आर्थिक वर्ष ०८२/८३ का लागि मौद्रिक नीति ल्याएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले कार्यकालको पहिलो मौद्रिक नीति जारी गरेका हुन् ।

उदारवादी अर्थराजनीतिक पक्षधर डा. पौडेलले शेयर बजारका कारोबारीदेखि हुलाकी राजमार्गका व्यवसायीलाई सम्बोधन गरेर मौद्रिक नीति ल्याएका छन् ।

गभर्नर पौडेलले कस्तो मौद्रिक नीति ल्याउँछन् भन्ने विषयमा हप्तौँदेखि सार्वजनिक बहस हुँदै आएको थियो ।

शुक्रबार आएको मौद्रिक नीतिबारे खबरहबले केन्द्रीय बैङ्कका पूर्व गभर्नर चिरञ्जीवि नेपाल र बैङ्किङ मामिला विज्ञ अनलराज भट्टराईसँग प्रतिक्रिया लिएको छ ।

चिरञ्जीवी नेपाल, पूर्व गभर्नर

मौद्रिक नीति लचक छ, उदार छ, जसले गर्दा अब बजार चलायमान होला । अब ब्याजदर पनि घट्ने स्थिति देखिन्छ । किनकि तल्लो सीमा पनि घटेको छ, माथिल्लो ६ कायम भएको छ । जसले गर्दा अब बैङ्कले दिने ब्याजदर पनि घट्छ । बैङ्कबाट पैसा झिकेर लगानी गर भन्ने निक्षेकर्ताहरूलाई यो दबाब पनि हो ।

खुला सीमा भएको हुनाले सीमावर्ती इलाकाबाट पुँजी भारतिर जानेसक्ने सम्भावना पनि हुन्छ । किनकि ब्याजदर निरन्तर घटिरहेको छ, लगानी भइरहेको छैन ।

विभिन्न अप्ठ्यारोमा परेका उद्योग व्यवसायमा गएको कर्जा पुनःतालिकीकरण र पुनःसंरचना गर्ने व्यवस्था गरिएकाले त्यहाँ धेरै सहज बनाएको छ । लचक मौद्रिक नीतिका कारण बजारमा पैसा अझै थपिन्छ । बैङ्कले यसलाई सही व्यवस्थापन गर्नुपर्ने हुन्छ । ऋणी र लगानीकर्ताले कर्जा लिनुपर्छ ।

लगानीकर्ताको लागि यो भन्दा अगाडि पनि राम्रो व्यवस्था थियो । ऋणी र बैङ्कको लागि थप राम्रो भएको छ । तर, निक्षेपकर्ताहरू भने दुःखी छन् । किनकि डेढ/दुई वर्षदेखि ब्याजदर घटेको घट्यै छ ।

मौद्रिक नीति त एउटा सहायक उपकरणमात्रै हो । अब सरकारले कसरी लिन्छ, सरकारको नीति कसरी जान्छ, त्यसतर्फ हेर्नुपर्छ । मौद्रिक नीतिले सहजता चाहिँ ल्याइदिएको छ ।

तर, यसले एउटा समस्या पनि ल्याउन सक्छ । किनभने तिर्नुपर्ने कर्जाको म्याद बढेको बढ्यै छ । सावाँ र ब्याज भुक्तानीको समय ०८४ सम्म पुगिसक्यो, त्यसले गर्दा भोलिका दिनमा खराब कर्जा बढ्ने र कालोसूचीमा पर्ने ऋणी बढ्ने हुनसक्छ । जसले गर्दा राष्ट्र बैङ्कको नियमन र सुपरीवेक्षण अझै बलियो हुनपर्छ ।

बैङ्क वित्तीय संस्थाले अत्यन्तै सतर्क भएर लगानी गर्नुपर्ने पनि यसले देखाएको छ ।

अनलराज भट्टराई, बैंकिङ क्षेत्रका विज्ञ

मौद्रिक नीतिमा नियामकीय कुरा धेरै गरिएको छ । सजगतापूर्ण मौद्रिक नीति भनिएको छ, जुन पहिला पनि भनिएको थियो । नीतिगत दर घटाइएको छ ।

मौद्रिक नीति कार्यान्वयनले निक्षेपकर्तालाई ब्याजदर कम हुन जान्छ । कर्पोरेट ब्याज र व्यक्तिगत ब्याजदर हेर्दा निक्षेपकर्ताले सही ब्याज पाएको छैन । ब्याजदर गणनामा पनि केही परिवर्तन गर्ला ।

मुद्राप्रदाय १३ प्रतिशत बढाउने र निजी क्षेत्रमा कर्जा प्रवाहको लक्ष्य १२ प्रतिशत राखिएको छ । १२ प्रतिशत चाहिँ अलिक महत्वकाङ्क्षी नै हुन्छ । अहिले तरलता छ, तर बैङ्कको पुँजी पुग्दैन । नियामकीय प्रोभिजनको कुरा पुनरावलोकन गर्ने पनि भनिएको छ ।

गैरबैङ्किङ सम्पत्ति लिएको दुई वर्षको लागि पुरक पुँजीमा राख्न पाइने भनेको छ, पुँजी स्थिर भएको हुनाले १२ प्रतिशत कर्जा वृद्धि हुन गाह्रो छ । त्यसको लागि धेरै नियामकीय व्यवस्था गर्नुपर्छ । विशेषगरी पुँजी बढाउने, जोखिम भारलाई सम्बोधन गर्ने, साना कर्जा, हुलाकी मार्ग लगायत विभिन्न ठाउँका कर्जामा प्रोभिजनिङ नै कम गर्ने भनेको छ, त्यो राम्रो हो ।

चालु पुँजी निर्देशिकालाई क्षेत्रगत हिसाबले अध्ययन गर्ने भनेको छ, जुन हामीले पहिल्यैदेखि नै हामीले भन्दै आएका थियौँ, त्यो पनि राम्रो हो । मार्जिन प्रकृतिमा जाने कर्जाको सीमा २५ करोड पु¥याउने काम गरेको छ ।

सामान्यतयाः अहिलेको मौद्रिक नीतिले व्याप्त निराशालाई अलिकति माथि उठाउने प्रयास गरेको छ, मल्हम लाउने काम गरेको छ । सूचक के देखियो भने ब्याजदर कम हुने, कर्जा विस्तारको लागि अरू नियामकीय व्यवस्था गर्ने, बैङ्कलाई अलिकति स्वतन्त्रता दिएर अनुगमनमा जाने नीतिगत प्रस्थान गर्न खोजिएको छ । अझै नियामकीय व्यवस्था नआइकन धेरै भन्न सकिँदैन ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ६ : २३ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक