नेपालको शानदार जित, भुटान ६–१ गोल अन्तरले पराजित | Khabarhub Khabarhub

साफ यू–२० महिला च्याम्पियनसिप

नेपालको शानदार जित, भुटान ६–१ गोल अन्तरले पराजित


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साफ यू–२० महिला च्याम्पियनसिप नेपालले सुखद् सुरूवात गरेको छ । शुक्रबार ढाकास्थित बसुन्धरा किंग्स एरेनामा सम्पन्न खेलमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।

नेपालको जितमा पूर्णिमा राईले चार गोल गर्दा सेनु परियारले दुई गोल गरिन्। पहिलो हाफमै ३–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्‍यो। भुटानले एक मात्र सान्त्वना गोल दोस्रो हाफमा फर्कायो।

खेलको नवौं मिनेटमै सेनुले वर्षा ओलीको पासमा आकर्षक गोल गर्दै नेपालको खाता खोलेकी थिइन्। त्यसपछि १८औं मिनेटमा वर्षाको अर्को पासमा पूर्णिमाले सिक्स यार्ड बक्सबाट गोल गर्दै अग्रता दोब्बर पारिन्। हाफको अन्त्यतिर सेनुले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल पहिलो हाफमा ३–० ले अगाडि रह्यो।

दोस्रो हाफको सुरुवातमै, ५३औं मिनेटमा केल्देन वाङ्मोले भुटानका लागि गोल फर्काए पनि त्यसको केही मिनेटमै पूर्णिमाले दोस्रो गोल फर्काएर स्कोर ४–१ बनाइन्। त्यसपछि उनी पूरै चम्किइन्। ८३औं मिनेटमा ह्याट्रिक पूरा गरेकी पूर्णिमाले ८८औं मिनेटमा व्यक्तिगत चौथो गोलसमेत गर्दै नेपालको जित पक्का गरिन्।

खेलमा नेपालले थप केही अवसर पनि खेर फाल्यो। सुक्रिया मिया र वर्षा ओलीले गोल गर्ने अवसरमा चुक्दा स्कोर अझै फराकिलो हुन सकेन।

यस जितसँगै नेपालले च्याम्पियनसिपमा ३ अंक जोडेको छ। आजकै अर्को खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकामाथि ९–१ को विशाल जित निकाल्दै तालिकामा शीर्ष स्थान बनाएको छ। नेपाल र बंगलादेश दुवैले ३ अंक भए पनि गोल अन्तरका आधारमा बंगलादेश अगाडि छ।

नेपालले अब आइतबार बंगलादेशसँग खेल्नेछ। प्रतियोगितामा चार टोली सहभागी छन् र डबल राउण्ड रोबिनको आधारमा खेल हुनेछ। सबै टोली एक अर्कासँग दुई पटक भिड्नेछन्। अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीलाई च्याम्पियन घोषणा गरिनेछ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : ५८ बजे

अवरुद्ध चामे–खाङ्सार सडक सञ्चालन

मनाङ– सोमबारदेखि परेको हिमपातका कारण अवरुद्ध चामे–खाङ्सर सडक सञ्चालनमा आएको

पौडी खेल्ने क्रममा कालीगण्डकीमा एक जना बेपत्ता, एकको उद्धार

तानसेन– पाल्पा र स्याङ्जाको सिमानामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा पौडी

सरकार र दलहरूलाई जेन-जीले भने – सुशासन र भ्रष्टाचारी विरुद्धको कारबाहीमा सँगसँगै काम गर्नुपर्छ

काठमाडौं– जेनजीहरूले सरकार र दलहरूसँगको छलफलमा आफ्नो मागहरू देशको सुशासन

अर्थसंक्षेप : २ सय मेगावाट विद्युत् खेर, वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात र ५.१७ अंकले घट्यो नेप्से

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा

सरोकारवालाको छलफल : जेन-जी आन्दोलन अब कता ?

काठमाडौं– जेन-जी आन्दोलनपश्चात् देशमा पैदा भएको परिस्थितिको विषयमा व्यवसायी, जेन-जी