नेपालको शानदार जित, भुटान ६–१ गोल अन्तरले पराजित « Khabarhub

साफ यू–२० महिला च्याम्पियनसिप

नेपालको शानदार जित, भुटान ६–१ गोल अन्तरले पराजित


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साफ यू–२० महिला च्याम्पियनसिप नेपालले सुखद् सुरूवात गरेको छ । शुक्रबार ढाकास्थित बसुन्धरा किंग्स एरेनामा सम्पन्न खेलमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।

नेपालको जितमा पूर्णिमा राईले चार गोल गर्दा सेनु परियारले दुई गोल गरिन्। पहिलो हाफमै ३–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्‍यो। भुटानले एक मात्र सान्त्वना गोल दोस्रो हाफमा फर्कायो।

खेलको नवौं मिनेटमै सेनुले वर्षा ओलीको पासमा आकर्षक गोल गर्दै नेपालको खाता खोलेकी थिइन्। त्यसपछि १८औं मिनेटमा वर्षाको अर्को पासमा पूर्णिमाले सिक्स यार्ड बक्सबाट गोल गर्दै अग्रता दोब्बर पारिन्। हाफको अन्त्यतिर सेनुले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल पहिलो हाफमा ३–० ले अगाडि रह्यो।

दोस्रो हाफको सुरुवातमै, ५३औं मिनेटमा केल्देन वाङ्मोले भुटानका लागि गोल फर्काए पनि त्यसको केही मिनेटमै पूर्णिमाले दोस्रो गोल फर्काएर स्कोर ४–१ बनाइन्। त्यसपछि उनी पूरै चम्किइन्। ८३औं मिनेटमा ह्याट्रिक पूरा गरेकी पूर्णिमाले ८८औं मिनेटमा व्यक्तिगत चौथो गोलसमेत गर्दै नेपालको जित पक्का गरिन्।

खेलमा नेपालले थप केही अवसर पनि खेर फाल्यो। सुक्रिया मिया र वर्षा ओलीले गोल गर्ने अवसरमा चुक्दा स्कोर अझै फराकिलो हुन सकेन।

यस जितसँगै नेपालले च्याम्पियनसिपमा ३ अंक जोडेको छ। आजकै अर्को खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकामाथि ९–१ को विशाल जित निकाल्दै तालिकामा शीर्ष स्थान बनाएको छ। नेपाल र बंगलादेश दुवैले ३ अंक भए पनि गोल अन्तरका आधारमा बंगलादेश अगाडि छ।

नेपालले अब आइतबार बंगलादेशसँग खेल्नेछ। प्रतियोगितामा चार टोली सहभागी छन् र डबल राउण्ड रोबिनको आधारमा खेल हुनेछ। सबै टोली एक अर्कासँग दुई पटक भिड्नेछन्। अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीलाई च्याम्पियन घोषणा गरिनेछ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : ५८ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता