प्रधानसेनापतिले भने : चिनियाँ जनमुक्ति सेनासँग हाम्रो सम्बन्ध अतुलनीय छ « Khabarhub

प्रधानसेनापतिले भने : चिनियाँ जनमुक्ति सेनासँग हाम्रो सम्बन्ध अतुलनीय छ


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध पनि उत्तिकै सुमधुर रहेको बताएका छन् ।

जनमुक्ति सेना स्थापनाको ९८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँस्थित चिनियाँ दूतावासका सैनिक सहचारी ल्यु चङजङले आयोजना गरेको स्वागत समारोहमा उनले कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा जनमुक्ति सेनाले गरेको सहयोग नेपाली सेनाले सदैव सम्झने बताउनुभयो ।

विपद् व्यवस्थापन र उद्धारमा जनमुक्ति सेनाका माध्यमबाट चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै प्रधानसेनापति सिग्देलले जनमुक्ति सेना र नेपाली सेनाबीच संयुक्त सैन्यअभ्यासका साथै अन्य पारस्परिक हित र चासोका साझा विषयमा सधैँ सहकार्य भइरहेको बताए ।

नेपालका लागि चीनका राजदूत छन सङले जनमुक्ति सेना प्रभुत्ववादविरुद्ध रहेको चर्चा गर्दै शान्ति र साझा भविष्य निर्माणलाई नै मूल मन्त्र मानेर आफ्नो देशको फौजले काम गरिरहेको बताए ।

राष्ट्रपति सी चीनफिङको सबल नेतृत्वमा जनमुक्ति सेनाले विश्वशान्ति र विकासका खातिर अन्तरराष्ट्रिय क्षेत्रमा पनि पूर्णप्रतिबद्धताका साथ काम गरिरहेको बताउँदै उनले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ तुल्याउन आफू क्रियाशील रहेको दोहोर्‍याए ।

चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा यो वर्ष दुवै देशका शीर्ष नेतृत्वको अगुवाइमा सहकार्य, साझेदारी र सहयोग आदानप्रदानका कार्यक्रम कार्यान्वयन भइरहेका चिनियाँ राजदूतले बताए ।

सैनिक सहचारी ल्युले संयुक्त राष्ट्रसङ्घको आह्वानमा जनमुक्ति सेनाले द्वन्द्वग्रस्त विश्वका विभिन्न मुलुकमा काम गरिरहेको बताउँदै अन्तरराष्ट्रिय सुरक्षा र मानवीय सहयोगलाई पनि सेनाले समान प्राथमिकता दिएको जानकारी दिए । रासस

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : २२ बजे

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको