माधव नेपाल भन्छन् : जीवनमा एक पैसा पनि घुस लिएको छैन « Khabarhub

माधव नेपाल भन्छन् : जीवनमा एक पैसा पनि घुस लिएको छैन


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

कामाडौ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबीच ध्रुवीकरणका लागि प्रयास भइरहेको बताएका छन् ।

पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै उहाँले अहिले देशको आर्थिक, राजनीतिक तथा सामाजिक सङ्कटको समाधानका लागि ध्रुवीकरण आवश्यकता रहेको बताए ।

कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा र विश्वास रहेको बताउँदै अध्यक्ष नेपालले सिद्धान्तमा निष्ठावान तथा जनताप्रति समर्पित वाम समूहको एकता अपरिहार्य रहेको विचार व्यक्त गरे । उनले मुलुकको राजनीतिलाई सही दिशानिर्देश गर्न कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री नेपालले परिवर्तनलाई संस्थागत गर्न सुशासन, रोजगारी, जनतालाई सेवा प्रवाहको विषय प्राथमिकतमा राख्नुपर्ने उल्लेख गरे । पतञ्जली जग्गा सट्टापट्टा प्रकरण मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्ष अगाडि तामेलीमा राखेको बताउँदै उहाँले राजनीतिक षड्यन्त्रका कारण आफूलाई उक्त विषयमा मुद्दा दायर गरिएकामा असन्तुष्टि व्यक्त गरे ।

पार्टीलाई कमजोर तथा राजनीतिक रूपमा असहज बनाउन आयोगले मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे ।

आफूले जीवनमा एक पैसा पनि घुस नलिएको बताउँदै अध्यक्ष नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताए । आफूमा पार्टी बनाउने आँट रहेको र विभिन्न चुनौतीको सामना गरेर अघि बढ्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १० : ५५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम