नेदरल्याण्ड्स र इटाली टि–२० विश्वकपमा छनोट « Khabarhub

नेदरल्याण्ड्स र इटाली टि–२० विश्वकपमा छनोट


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेदरल्याण्ड्स र इटालीले सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी–२० विश्वकपका लागि छनोट भएका छन् । युरोप क्षेत्रीय छनोट पार गर्दै दुई टोलीले विश्वकपमा यात्रा तय गरेका हुन् । इटाली पहिलो पटक विश्वकपमा पुगेको हो भने नेदरल्याण्ड्स पाँचौ पटक विश्वकपमा छनोट भएको हो ।

शुक्रबार भएको निर्णायक खेलमा इटाली नेदरल्याण्ड्ससँग ९ विकेटले पराजित भयो । तर रनरेटको आधारमा दोस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । नेदरल्याण्ड्सले भने जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान सुरक्षित बनायो ।

खेलमा इटालीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो । बेन मानेन्तीले ३० रन, ग्रान्ट स्टुवर्टले २५, ह्यारी मानेन्तीले २३ र कप्तान जो बर्न्सले २२ रन बनाए। नेदरल्याण्ड्सका रूलोफ भान डर मर्वेले ३ विकेट, काइल क्लाइनले २ विकेट तथा आर्यन दत्त र पाउल भान मिकरनले एक एक विकेट लिए।

जवाफमा नेदरल्याण्ड्सले १६.२ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। म्याक्स ओ’डाउड ४७ र कप्तान स्कट एडवार्ड्स ३७ रनमा अविजित रहे।

लगातार टी–२० विश्वकप खेल्दै आएको स्कटल्याण्ड यसपटक भने छनोट पार गर्न असफल रह्यो। इटाली र जर्सीसँगको हारले स्कटल्याण्डको विश्वकप यात्रामा पूर्णविराम लाग्यो ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ११ : २३ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२