आज २०८२ साल साउन २६ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन २६ गते सोमबारको राशिफल


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २६ गते सोमबार। भाद्र कृष्ण पक्षको द्वितीया तिथि। रोपाइँ जात्रा। तदनुसार सन् २०२५ अगष्ट ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यमा सुधार हुनेछ। समाज र परिवारमा तपाईंको प्रशंसा हुनेछ।

वृष : दिन राम्रो छ। बोल्दा सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। महत्त्वपूर्ण राजनीतिक नियुक्तिको अवसर प्राप्त हुने योग छ। शिक्षामा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मिथुन : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। बोली र व्यवहारमा एकरुपताको खाँचो पर्ने देखिन्छ।

कर्कट : दिन सामान्य छ। साथीभाइ नै विरोधमा सक्रिय छन्। तपाईंले मित्र ठानेका साथी विपक्षीको मोर्चामा उभिएका छन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

सिंह : दिन राम्रो छ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। धार्मिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। समाजमा सम्मान प्राप्त गर्ने योग छ। प्रेमे सम्बन्ध सुमधुर बन्ला।

कन्या : दिन सामान्य छ। व्यवहारिक बोझ थपिने छ। आफन्तले तपाईंको काममा अवरोध गर्नेछन्। परिवारको साथमा काम गर्नुपर्ने योग छ। शिक्षामा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। आफ्नो प्रतिभाको प्रदर्शन गर्नुपर्ने छ। परिवारभित्रका व्यक्तिले भन्दा बाहिरका व्यक्तिले तपाईंका कामको प्रशंसा गर्नेछन्। विपक्षी शान्त भएकाले काम सहजै बन्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। तपाईंको योजना सफल बन्नेछ। गुरुको साथ लिएर अगाडि बढ्नुपर्ने छ। परिवारलाई विश्वास गर्दा धोका हुनेछ।

धनु : दिन राम्रो छ। व्यापारमा सहकार्य गर्दा फाइदा हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। स्वदेशमा विकल्प देखेर मन रमाउने छ। स्वास्थ्य र शिक्षाको लगानीबाट उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा हुने देखिन्छ।

कुम्भ : दिन राम्रो छ। साथीसँगको भेटले मन प्रशन्न हुनेछ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

मीन : दिन सामान्य छ। खर्च बढ्नेछ। सोचेको काम बन्दा अनावश्यक खर्चले सताउने छ। यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर अगाडि बढेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ५ : ३६ बजे

अरुण नदीको सेदुवास्थित बेलिबृज भाँचियो, ट्रक चालक घाइते

संखुवासभा– संखुवासभाको मकालु–५ नुमबाट मकालु–२ सेदुवा जाँदै गरेको ट्रक अरुण

मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा

जिल्ला प्रशासन हुम्लाद्वारा मदिरा बिक्री वितरणमा रोक

हुम्ला– जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागू हुनेगरी जिल्लाभर पूर्णरूपमा

प्रतिनिधिसभा निर्वाचन : धनुषाका ८८ उम्मेदवारले मात्रै खोले बैंक खाता

जनकपुरधाम– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषाका ८८ जना उम्मेदवारले मात्र बैंक खाता

काठमाडौं महानगरका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक