आज २०८२ साल साउन २६ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन २६ गते सोमबारको राशिफल


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २६ गते सोमबार। भाद्र कृष्ण पक्षको द्वितीया तिथि। रोपाइँ जात्रा। तदनुसार सन् २०२५ अगष्ट ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यमा सुधार हुनेछ। समाज र परिवारमा तपाईंको प्रशंसा हुनेछ।

वृष : दिन राम्रो छ। बोल्दा सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। महत्त्वपूर्ण राजनीतिक नियुक्तिको अवसर प्राप्त हुने योग छ। शिक्षामा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मिथुन : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। बोली र व्यवहारमा एकरुपताको खाँचो पर्ने देखिन्छ।

कर्कट : दिन सामान्य छ। साथीभाइ नै विरोधमा सक्रिय छन्। तपाईंले मित्र ठानेका साथी विपक्षीको मोर्चामा उभिएका छन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

सिंह : दिन राम्रो छ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। धार्मिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। समाजमा सम्मान प्राप्त गर्ने योग छ। प्रेमे सम्बन्ध सुमधुर बन्ला।

कन्या : दिन सामान्य छ। व्यवहारिक बोझ थपिने छ। आफन्तले तपाईंको काममा अवरोध गर्नेछन्। परिवारको साथमा काम गर्नुपर्ने योग छ। शिक्षामा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। आफ्नो प्रतिभाको प्रदर्शन गर्नुपर्ने छ। परिवारभित्रका व्यक्तिले भन्दा बाहिरका व्यक्तिले तपाईंका कामको प्रशंसा गर्नेछन्। विपक्षी शान्त भएकाले काम सहजै बन्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। तपाईंको योजना सफल बन्नेछ। गुरुको साथ लिएर अगाडि बढ्नुपर्ने छ। परिवारलाई विश्वास गर्दा धोका हुनेछ।

धनु : दिन राम्रो छ। व्यापारमा सहकार्य गर्दा फाइदा हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। स्वदेशमा विकल्प देखेर मन रमाउने छ। स्वास्थ्य र शिक्षाको लगानीबाट उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा हुने देखिन्छ।

कुम्भ : दिन राम्रो छ। साथीसँगको भेटले मन प्रशन्न हुनेछ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

मीन : दिन सामान्य छ। खर्च बढ्नेछ। सोचेको काम बन्दा अनावश्यक खर्चले सताउने छ। यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर अगाडि बढेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ५ : ३६ बजे

तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिसँग तालमेल र

सानेपामा कांग्रेस (शेरबहादुर) को पत्रकार सम्मेलन

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन आयोजना गरेको

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड