गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु, पतिले पत्नी र छोराको हत्यापछि आत्महत्या गरेको दाबी « Khabarhub

गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु, पतिले पत्नी र छोराको हत्यापछि आत्महत्या गरेको दाबी


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

टेक्सास– शनिबार बिहान अमेरिकाको टेक्ससस्थित ड्यालसमा भएको गोलीकाण्डमा नेपालबाट पुनर्वासमा गएका तीनजना भुटानी शरणार्थीको ज्यान गएको छ।

सन् २००८/०९ मा शरणार्थी पुनर्स्थापना कार्यक्रमअन्तर्गत ड्यालस आएका ५३ वर्षीय ललित प्रधान, उनकी ३७ वर्षीया पत्नी रजनी श्रेष्ठ प्रधान र ३ वर्षीय छोरा प्रनिश प्रधानको निधन भएको हो ।

समाचारअनुसार ललितले पत्नी र छोरालाई गोली हानेर हत्या गरेपछि आफैंलाई पनि गोली हानेर आत्महत्या गरेका अमेरिकाबाट सञ्चालित हिमालयखबरले उल्लेख गरेको छ।

शनिबार बिहान २ :१० मा घटना भएको जानकारी ड्यालस पुलिस डिपार्टमेन्टलाई मिलेको थियो । प्रहरी घटनास्थलमा पुग्दा रजनी र प्रनिशको गोली लागेर निधन भइसकेको थियो ।

घाइते अवस्थामाका ललितलाई तत्काल अस्पताल लगेपछि उपचारका क्रममा निधन भएको फक्स फोर न्यूजले जनाएको छ ।

ललित लामो समय नेपालका भुटानी शरणार्थी शिविरमा बसेर आईओएम र अमेरिकी सरकारको कार्यक्रम अन्तर्गत अमेरिका गएका थिए । उनी अमेरिका जानुअघि मोरङको पथरी शिविरमा बस्दै आएका थिए ।

प्रधानले शनिबार मात्रै फेसबुकमा लामो स्टाटस लेख्दै मेडिकेट लगायतका सुविधा नहुँदा समस्या परेको गुनासो गरेका थिए । प्रधान डिप्रेसन रहेको उनीनिकटले बताएका छन् ।

रजनी उनकी दोस्रो पत्नी हुन् । उनको माइती काठमाडौँमा हो । माइती पक्षले उनको शव पठाइदिन माग गरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : २७ बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण