रोस्टनको अलराउण्ड प्रदर्शनमा पाकिस्तानविरूद्ध वेस्ट इन्डिजको जित « Khabarhub

रोस्टनको अलराउण्ड प्रदर्शनमा पाकिस्तानविरूद्ध वेस्ट इन्डिजको जित


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वेस्ट इन्डिज– रोस्टन चेजको अलराउण्ड प्रदर्शनमा वेस्ट इन्डिजले पाकिस्तानसँगको पहिलो एक दिवसीय खेलमा ५ विकेटको जित हात पारेको हो । वर्षाले प्रभावित खेलमा पहिलो पारी ३७ ओभरमा छोटाइएको थियो । पाकिस्तानले ७ विकेटको क्षतीमा १७१ रन बनाएको थियो । 

डर्कवर्क लुइसको आधारमा दोस्रो पारीमा वेस्ट इन्डिजलाई ३५ ओभरमा १८१ रनको लक्ष्य दिइएको थियो । घरेलु टोलीले १० बल बाँकी रहँदा ५ विकेटको क्षतिमा १८४ रन बनायो । रोजले ४७ बलको सामना गर्दै अविजित ४९ रन बनाए ।

जस्टिन ग्रेभ्सले अविजित २६ रन जोडे । सेरफाने रुदरफोर्डले ३३ बलमा ४५ रन बनाए । पाकिस्तानका हसन अलि र मोहम्मद नवाजले दुई विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि नवाजले ३० बलमा ३६ रन जोडेका थिए । हसन तलातले ३२ बलमा ३१ रन जोडे । वेस्ट इन्डिजका जाइडन सायसले ३ विकेट लिए । उनले ७ ओभरमा २३ रन मात्र खर्चिए । चेजले ६ ओभरमा २६ रन खर्चेर एक विकेट लिए । 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : ३५ बजे

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद