नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यक : महासंघ अध्यक्ष ढकाल « Khabarhub

नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यक : महासंघ अध्यक्ष ढकाल


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको लागि प्रभावकारी पहल आवश्यक भएको बताएका छन् । 

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानको सन्दर्भमा नेपाल उद्योग वाणिज्य संघ बांकेको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा सोमबार काठमाडौंमा आयोजित सर्वपक्षिय छलफल कार्यक्रममा बोल्दै उनले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान गर्न सके सो क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताए । 

‘नेपालगन्ज पर्यटन, कृषि लगायतका क्षेत्रको लागि पर्याप्त सम्भावना भएको क्षेत्र हो । सिधा उडान हुन सके यसले पश्चिम नेपालको क्षेत्रीय सम्पर्क र आर्थिक विकासका लागि महत्त्वपूर्ण योगदान दिन सक्छ । 

यहाँहरूको यो पहल र प्रयास प्रति महासंघ ऐक्यबद्धता जाहेर गर्दछ । ’ अध्यक्ष ढकालले भने । नेपालजञ्ज दिल्ली सिधा उडानले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समग्र विकाससँग जोडिएको विषय भएको बताए ।

यस्तै अध्यक्ष ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा यो एजेण्डालाई प्राथमिकताका साथ उठाउन महासंघको तर्फबाट प्रधानमन्त्री समक्ष आग्रह गर्ने धारणा राखे । उनले सबैको साझा प्रयासले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको सपना चाँडै साकार हुने विश्वास व्यक्त गर्दै सबैले आ–आफ्नो तहबाट पहल गर्नु पर्नेमा जोड दिए  ।

यस्तै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारमा राज्यको ठूलो लगानी भइसकेको अवस्थामा निर्माण भएका विमानस्थलहरूको प्रभावकारी सञ्चालन आवश्यक रहेको समेत बताए ।

‘नेपालगन्ज, जसलाई पश्चिम नेपालको प्रवेशद्वारको रूपमा चिनिन्छ । पूर्वाधार बनेको छ । बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज सहित लुम्बिनी जस्ता गन्तव्यहरूमा भारतीय पर्यटकहरूको लागि महत्त्वपूर्ण प्रवेश हुन सक्छ । सीमा क्षेत्र भएकाले कार्यक्रम र विवाह (इभेन्ट र वेडिङ) का लागि पनि यो क्षेत्रको व्यापक सम्भावना छ ।’ उनले भने।

उनले देशको आर्थिक विकासका लागि निजी क्षेत्रले ठूलो लगानी गरिसकेको उल्लेख गर्दै देशमा नै केही गर्न सकिन्छ भन्ने मनोविज्ञानका साथ काम गर्न सके यसबाट प्रतिफल प्राप्त गर्न सकिने धारणा राखे  ।

यस्तै उनले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न महासंघले नीतिगत सुधारको पहल गरेको र महासंघको पहलमा सरकारले ३० भन्दा बढी कानुनहरू संशोधन गरेको उल्लेख गरे । 

देश विकासका लागि आन्तरिक र बाह्य पुँजी आवश्यक रहे पनि आन्तरिक पुँजीबाट पनि देशमा पूर्वाधार विकास गर्न सकिन्छ भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल पब्लिक लिमिटेड कम्पनी खोलेर काम शुरु गरी सकिएको जानकारी दिए । कार्यक्रममा पूर्वमन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पर्यटन व्यवसायी, पत्रकार र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ३५ बजे

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट