दाङमा सिँचाइ विस्तार, सबै योजना पूरा « Khabarhub

दाङमा सिँचाइ विस्तार, सबै योजना पूरा


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दाङले आर्थिक वर्ष २०८१/८२ मा २७१ मध्ये २६९ योजना सम्पन्न गरेको छ । 

कार्यालय प्रमुख कृष्णबहादुर विकले ३२ करोड ७३ लाख रुपैयाँ बजेमध्ये ३१ करोड ८३ लाख ५६ हजार रुपैयाँ अर्थात् ९७.२७ प्रतिशत खर्च भएको जानकारी दिए । 

उनका अनुसार जल उत्पन्न प्रकोप न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत ८७, सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तारतर्फ १४५, मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सघन सिँचाइ कार्यक्रमतर्फ ३२ र जलाशय निर्माणका पाँच वटा योजना पूरा भएका हुन् । 

सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तारका दुई वटा योजना भने कार्यान्वयनमा हुन नसकेको उनको भनाइ छ । उनका अनुसार हाल कार्यालयबाट तीन वटा बहु वर्षीय योजनाको काम चलिरहेको छ । 

झिग्नी बबई सिँचाइ योजना घोराही–३ र घारिचौर सिँचाइ योजना बङ्गलाचुली–७ को ठेक्का सम्झौता भइसकेको छ भने बस्तीखोला सिँचाइ योजना शान्तिनर–३ र ४ को काम बोलपत्र आह्वान भएको छ । 

कार्यालयले २०७२ सालदेखि अहिलेसम्म १६२ किलोमिटर नहर पक्की बनाएको छ भने ६७ लिफ्ट सिँचाइ, ६७ पम्प हाउस, ९.७३ किलोमिटर पाइप लाइनिङ, ४५ वटा विद्युतीकरण गरेको छ । 

जसबाट थप सात हजार ६३२ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ, भने ३१ हजार ५८३ हेक्टरमा सिँचाइ सुविधा सुदृढीकरण गरिएको कार्यालयले जनाएको छ । 

त्यसैगरी, कूल ७२.७७ किलोमिटर तटबन्ध तथा नदी नियन्त्रण गरिएको छ । जसबाट १२ हजार ५४६ हेक्टर जमिन सुरक्षित भएको छ भने आठ हजार ६५८ वटा घर सुरक्षित भएका छन् । 

कार्यालय प्रमुख विकका अनुसार दाङमा ७५ हजार ९९१ हेक्टर (२५.७२ प्रतिशत) कृषि क्षेत्र हो । जसमध्ये अहिले ६० हजार ३६७ हेक्टर (२०.४३ प्रतिशत) मा सिँचाइ सुविधा पुगेको छ । रासस

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ४५ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।