पोखरास्थित सिद्ध महायोग साधना केन्द्रमा चतुर्मास व्रत अनुष्ठान « Khabarhub

पोखरास्थित सिद्ध महायोग साधना केन्द्रमा चतुर्मास व्रत अनुष्ठान


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र पोखराले गुरुपूर्णिमादेखि चतुर्मास व्रत अनुष्ठान सुरु गरेको छ ।

अनुष्ठानका अवसरमा दैनिक भक्ति-दर्शनमा आधारित दिव्य सत्सङ्गसहित शनि मृत्युञ्जय षडाङ्ग रुद्राभिषेक, नवग्रहशान्ति, नाडी परीक्षण शिविर सञ्चालन भइरहेको केन्द्रका अध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी दिए ।

पोखरा नदीपुरस्थित नरायणथानमा रहेको सिद्ध महायोग ध्यान साधना केन्द्रमा दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म सिद्ध महायोग ध्यान साधना सञ्चालन भइरहेको छ ।

यस्तै बिहान ८ बजेदेखि १२ बजेसम्म पूजा, हवन एवं शनि मृत्युञ्जय षडाङ्ग रुद्राभिषेक भइरहेको छ । प्रत्येक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म भक्ति-दर्शन आधारित दिव्य सत्सङ्ग भइरहेको केन्द्र अध्यक्ष शर्माले जानकारी दिए ।

साधना शिविरमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, वनमन्त्री भेषबहादुर पौडेल सहभागी भएका थिए । गण्डकी प्रदेश सांसदहरु प्रकाश बराल, रेखा गुरुङ सहभागी थिए ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले कृष्ण जन्माष्टमीका अवसरमा सुरु भएको सप्ताहपर्यन्त श्रीमदभागवद महापुराणको उद्घाटन गरेका थिए । व्रत अनुष्ठान तथा साधना शिविर चार महिनासम्म चल्ने बताइएको छ ।

*अपडेट गरिएको

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ४९ बजे

एनपिएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस

सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले