लमजुङमा अटो दुर्घटना, सात जना घाइते « Khabarhub

लमजुङमा अटो दुर्घटना, सात जना घाइते


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुन्दरबजार– लमजुङको सुन्दरबजारबाट पाउँदीतर्फ जाँदै गरेको यात्रुवाहक अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । 

ग.प्र.०४–००१ ह २०४ नम्बरको उक्त अटो सुन्दरबजार नगरपालिका–७ पोखरेल गाउँको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा सुन्दरबजार नगरपालिका–६ की गोमा अधिकारीको टाउकोमा गम्भीर चोट लागेकाले एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा प्राथमिक उपचारपछि चितवन रिफर गरिएको इलाका प्रहरी कार्यालय सुन्दरबजारले जनाएको छ ।

सोही स्थानका कृष्णकुमारी रेग्मी, सृजना तामाङ, स्वतन्त्र घिमिरे र सरस्वती न्यौपाने सामान्य घाइते भएका एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारका निर्देशक हेमन्त श्रेष्ठले जानकरी दिए। 

त्यसैगरी पर्वतको कुश्मा नगरपालिका–१० की हाल लमजुङ क्याम्पसमा अध्ययनरत दिक्षकिरण शर्मा सामान्य घाइते रहेकी प्रहरीले जनाएको छ । सामान्य घाइते सबैको एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा उपचार भइरहेको छ ।

दुर्घटनापछि चालक विनोद खड्का र अटोलाई इलाका प्रहरी कार्यालय भोटेओडारको नियन्त्रणमा राखिएको छ । 
 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ५२ बजे

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका