लमजुङमा अटो दुर्घटना, सात जना घाइते « Khabarhub

लमजुङमा अटो दुर्घटना, सात जना घाइते


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुन्दरबजार– लमजुङको सुन्दरबजारबाट पाउँदीतर्फ जाँदै गरेको यात्रुवाहक अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । 

ग.प्र.०४–००१ ह २०४ नम्बरको उक्त अटो सुन्दरबजार नगरपालिका–७ पोखरेल गाउँको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा सुन्दरबजार नगरपालिका–६ की गोमा अधिकारीको टाउकोमा गम्भीर चोट लागेकाले एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा प्राथमिक उपचारपछि चितवन रिफर गरिएको इलाका प्रहरी कार्यालय सुन्दरबजारले जनाएको छ ।

सोही स्थानका कृष्णकुमारी रेग्मी, सृजना तामाङ, स्वतन्त्र घिमिरे र सरस्वती न्यौपाने सामान्य घाइते भएका एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारका निर्देशक हेमन्त श्रेष्ठले जानकरी दिए। 

त्यसैगरी पर्वतको कुश्मा नगरपालिका–१० की हाल लमजुङ क्याम्पसमा अध्ययनरत दिक्षकिरण शर्मा सामान्य घाइते रहेकी प्रहरीले जनाएको छ । सामान्य घाइते सबैको एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा उपचार भइरहेको छ ।

दुर्घटनापछि चालक विनोद खड्का र अटोलाई इलाका प्रहरी कार्यालय भोटेओडारको नियन्त्रणमा राखिएको छ । 
 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ५२ बजे

पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको