रविलाई राखिएको जेलको कोठामा के के देखिन् इन्सेक प्रतिनिधि बिसीले ? « Khabarhub

रविलाई राखिएको जेलको कोठामा के के देखिन् इन्सेक प्रतिनिधि बिसीले ?


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको करोडौं रकम ठगी अभियोगमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय मानवअधिकार आयोग र अधिकारकर्मीको टोलीले सोमबार भेटेको छ ।

यो टोलीले सोमबार दिउँसो कारागार परिसरको चार नम्बर ब्लकमा पुगेर रविलाई भेट्नुका साथै कोठाको अनुगमन पनि गरेको हो ।

आयोगकी सदस्य लिली थापासहित लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि रिमा बिसी कारागार पुगेका थिए ।

टोलीमा रहेकी इन्सेक प्रतिनिधि बिसीले रविलाई राखिएको कारागारको कोठाकोसमेत अनुगमन गरेर निस्किएपछि त्यहाँको अवस्थाबारे यसरी वर्णन गरिन् ।

रवि लामिछानिनेलाई राखिएको ४ नम्बर ब्लकको एउटा कोठामा छोटो लो बेड राखिएको छ। त्यहीँनेर एउटा सोफा पनि राखिएको छ। पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविलाई राखिएको कोठामा एउटा टेबल र कुर्सीसमेत छ ।

त्यही कोठाको एउटा छेउमा खुला शौचालय छ । कोठाभित्रै भएकाले एट्याच भन्न त सकिएला तर त्यो खुला शौचालय हो । किनभने केही इँटा उठाएर बनाइएकाले त्यो कोठाभित्र खुल्लै छ ।

रविलाई राखिएको कोठाको भित्र कार्पेट पनि ओछ्याइएको छ । हामीले रविलाई राखिएको कोठामा निलो रंगको कार्पेट देख्यौँ। हामी ४ नम्बर ब्लकको कोठामा पुग्दा उहाँले सुकाउने लुगा सुकाइरहनु भएको थियो । लुगा नसुकेर होला केही गन्हाएजस्तो आइरहेको थियो ।

एक्लै राखिएका रविजीलाई एउटा रेडियो पनि दिइएको रहेछ । अध्ययनका लागि किताबहरू छन् । टेलिफोन र मोबाइलसहितका अन्य प्रविधि देखिएन ।

तर पत्रपत्रिकारहरू भने आफैंले मगाउँदा कारागारका कर्मचारीले ल्याइदिने रहेछन् । कारागारले पत्रिकाहरू उपलब्ध गराउने भन्ने नियम छैन भन्ने सुन्यौँ । उहाँ (रवि)ले पत्रिका र किताब मगाउँदा पढ्न पाउने सुविधा रहेछ ।

उहाँले कारागारको खानामा आफूलाई सन्तुष्टि रहेको हामीलाई बताउनु भयो । खानमा चाहिँ म सन्तुष्ट छु भन्नु भयो । म सबै कारागारभित्रै अन्य कैदीले खाने गरेको खाना खाइरहेको छु भन्नु । खानामा कुनै समस्या नरहेको उहाँले हामीलाई सुनाउनु भयो।

रविलाई राखिएको कोठामा एउटा फलामको ठूलो पंखा छ । बिहे वा अन्य पार्टीको हलमा राखिने एउटा पंखा रहेछ । अर्को एउटा स्ट्यान्ड पंखा पनि छ ।

हामीले अनुगमन गर्दा प्लाईले झ्याल थुनिएको पायौँ । यसरी झ्याल थुन्दा आधारभूत मानवअधिकार पनि खोसिएको कुरा उठायौँ । हामीले सहजरुपमा श्वास फेर्ने वातावरणका लागि झ्याल खोलिदिनु भन्यौँ ।

तर, सीमाक्षेत्रमा रहेको कारागारको झ्याल खुला छाडिँदा पहिले पनि इँटा र ढुंगा हानेका घटना भएका रहेछन् । खुला ठाउँ भएकाले वरपरका घरबाट पनि सुरक्षाको चुनौती रहेको कारागार प्रशासनको भनाइ छ ।

झ्याल खुला छोडिँदा अर्को चाहिँ सर्पदंशको पनि जोखिम छ । ढुंगा र इँटाले त्यहाँ हान्ने भएकाले प्लाई राखिएको जवाफ हामीलाई जेलरले दिनु भयो ।

तर, हामीले अब चाहिँ शिशा, बाक्लो जाली वा रड राखेर झ्यालबाट उज्यालो र हावा आउने जाने बनाइदिनु भनेका छौँ । त्यस कुरामा जेलरले सकेसम्म चाँडो त्यो पूरा गरिने जवाफ दिनु भएको छ।

हामीले अनुगनमन गर्दा रविलाई राखिएको कोठामा एसी जडान गरे जस्तो लागेन । तर, उक्त कोठाको माथिल्लोतर्फ एउटा प्वाल चाहिँ थियो । त्यो प्वाँल हेर्दा नयाँ जस्तो थिएन । हामीले रविको कोठामा एसीको सुविधा भेट्टाएनौँ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  २ : ०० बजे

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने