मध्यपुर थिमिका नगरवासीले रगत निःशुल्क पाउने « Khabarhub

मध्यपुर थिमिका नगरवासीले रगत निःशुल्क पाउने


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– मध्यपुर थिमि नगरपालिकाले निःशुल्क रगत वितरणलाई निरन्तरता दिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग आज सम्झौता नवीकरण गर्दै मध्यपुर थिमिले नगरवासीलाई निःशुल्क रगत तथा रक्ततत्व वितरणलाई निरन्तरता दिएको हो ।

सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार मध्यपुर थिमि नगरवासीले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले सञ्चालन गरेको भक्तपुर रक्तसञ्चार सेवाबाट निःशुल्क रूपमा रगत तथा रक्ततत्व प्राप्त गर्नेछ । रगतका लागि आवश्यक पर्ने दस्तुर रेडक्रसले नगरपालिकासँग सोधभर्ना मागेपछि नगरपालिकाले भुक्तानी दिने सम्झौतामा उल्लेख छ ।

सम्झौताले नगरवासीले कुनै बेला आवश्यक परेको रगत रेडक्रसबाट सहज रूपमा उपलब्ध हुने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । उनले बिरामीको जीवन बचाउन आवश्यक रगतसमेत शुल्क तिरेर लिनुपर्ने बाध्यता रहेकाले नगरवासीको सर्वसुलभ र निःशुल्क रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार रक्षाका लागि रेडक्रससँग सम्झौता गरी निःशुल्क रगत वितरण गरेको बताए।

मध्यपुर थिमि नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाबीच पहिलो पटक २०७९ साउन ४ गते निःशुल्क रगत तथा रक्ततत्व प्रदान गर्नेबारे सम्झौता भएको हो । सोही सम्झौतालाई नगरपालिकाले निरन्तरता दिँदै आइरहेको छ ।

मध्यपुर थिमि नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सम्झौताको पहिलो वर्ष ७४७ पिन्ट रगत तथा रक्ततत्व निःशुल्क वितरण गरेको थियो । सोको सात लाख ३२ हजार ९९८ रेडक्रसलाई भुक्तानी गरेको स्वास्थ्य शाखाप्रमुख श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार आर्थिक वर्ष २०८०-८१ मा ३६१ जनाले निःशुल्क रगत तथा रक्ततत्व सेवा लिएका थिए भने आर्थिक वर्ष २०८१-८२ मा ४७९ जनाले ८१४ पिन्ट रगत तथा रक्ततत्व लिएका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  २ : १० बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली